कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि हिमालय पर्वतले आफ्नी पत्नी मेनका गर्भिणी भएको थाहा पार्इ अत्यन्त हर्षपूर्वक आफ्नो मर्यादा अनुसार उचित कर्म गरिदिए । दश महीना पूरा भएपछि मेनकाको गर्भबाट हिमालयकी कन्या जन्मिन् । ती कस्ती कन्या थिइन् भने-हजार कस्ती कन्या थिइन् भने-हजार सूर्यको तेज जस्तै तेज भएकी, रक्तवर्ण र कोमल अंग एवं परम सुन्दरी, पद्मपत्र जस्ता नेत्र भएकी...