कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! सतीदेवीको सम्पूर्ण अंग पतन भएपछी पनि श्री महादेवले चित्त दृढ गर्न सक्नुभएन र "हा सतीदेवी !" भन्दै भूमिमा परि मुर्छा हुनुभयो । फेरी चेष्टा भयो र सुस्केरा हाल्दै मनले सतिदेविलाई सम्झी बेहोसिजस्तई भै जहाँ - त्याहा हिड्न लाग्नुभयो ।