कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! बिष्णु अन्तर्ध्यान भइ दक्षप्रजापतिको यज्ञस्थल बाट भागेपछि ति बाकि रहेका तेत्तीसकोटी देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य,नागहरु हाहाकार गरि दस दिशामा भागे र आपसमा कुरा गर्न लागे - अब दक्षप्रजापतिको प्राण रहदैन , किनभने नारायण जस्ताको सुदर्शनचक्र मिथ्या भै ब्यर्थ गयो ।