अध्यात्मकुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य र ऋषि-मुनि सबैले- अहो ! साह्रै अनर्थ भयो भन्दै आश्चर्य माने । उसै बेला अकस्मात आँधी चलेर धूलो उडी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो । बिना-बादलकै मेघ गर्जन लाग्यो । यज्ञमा उपस्थित सबै देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य नागहरू धूलो उडेर आँखामा परी हेर्न असमर्थ भए । वायुको वेगमा अडिन नसकी भूमीमा घोप्टिए । वायुको त्यो उग्र वेगले...