कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे अगस्त्य मुनि ! यस्तो किसिमसंग मैले त्रिपूर-दाह सुनाएँ, अब के सुन्ने इच्छा छ ?' यस्तो कुरा सुनी अगस्त्य मुनि बिन्ती गर्दछन्- हे कुमारजी ! दक्षप्रजापतिका तेत्तीस कोटि कन्या तेत्तीस कोटि देवताले विवाह गरे । सतीदेवीलार्इ विष्णु भगवानको छलले शिवजीले प्राप्त गर्नुभयो । त्यसपछि सतीको मृत्यु के कारण परेर भयो ? यस विषयमा सुन्ने इच्छा छ, सुनाइबक्सियोस् । यस्तो आग्रह गरेको सुनी कुमारजी भन्नुहुन्छ- 'हे मुने !....