कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो । उनले सम्पूर्ण सामग्री तयार गरार्इ अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए । उता महादेव भने दक्षको घर जान बिर्सेर विष, भाङ, धतुरो खार्इ अचेत जस्तै भए । अनि विष्णुले अझसम्म महादेव आउनुभएन, कन्यादानको बेला भइसक्यो, आफ्नू हातमा थापूँ भने महादेवलार्इ हुँदैन, अब के गरूँ भनी व्याकूल हुन लागे ।