कुमारजी अाज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्षप्रजापति थिए । तिनकी विरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन् । विरणी गर्भिणी भइन् र दशमास पूर्ण भएपछि पुत्री जन्मिइन् । कस्ती कन्या भने- हजार सूर्यको जस्तो नेत्र भएकी, बत्तिस लक्षणले युक्त, पद्मपत्र जस्ता नेत्र भएकी, अरूण उदय भए- जस्तो रक्तवर्ण भएकी, हात्तीका सूँढ जस्तो भएकी, कदलीस्तम्भ जस्तो तिघ्रा भएकी, चन्द्रमाको जस्तो उज्ज्वल र शान्त मुख भएकी यस्ती परम सुन्दरी कन्या जन्मेकी देखी दक्षप्रजापतिले...