परिचय
अँध्यारो कोठा प्रसिद्ध साहित्यकार सरूभक्तले बालबालिकाहरूको लागि लेख्नुभएको उपन्यास हो । यस उपन्यासलाई परिचय पब्लिकेसनले बजारमा ल्याएकाे हाे । यो उपन्यास पढ्दा रमाइलो लाग्यो साथै जीनाेपयोगी शिक्षा दिने पुस्तकको रूपमा पनि पाइयो । यो पुस्तक आफ्ना साथीहरू र आफन्तलाई एकपटक पढ्नै पर्ने पुस्तकको रूपमा सिफारिस गर्दछु ।
कथावस्तु
यो कथा एउटा अँध्यारो कोठामा सुरू भएर त्यही भित्रबाट सकिएको छ । यो कथा एकैदिनमा एकै ठाउँमा जन्मिएका माकुरो र माउसुलीको कथा हो । एउटा अँध्यारो कोठाको भित्ता पनि भाग लगाएर आफ्नो आफ्नो इलाका भनेर एक आपसमा वैमनस्य गरेर, जुनबेला पनि झगडा गरिरहने यी दुई छिमेकीहरू आपसमा कहिल्यै मिलेनन् । अरूले भनेको पनि पटक्कै सुनेनन् । मूर्खको औषधी हुँदैन भने झैँ छिमेकी भँगेराको परिवारले कत्ति सम्झाउने प्रयास गरे पनि उनीहरूले फिटिक्कै सुनेनन् । उनीहरूलाई अरूको अर्ती उपदेशभन्दा आफ्नो इलाका र सिकारनै प्यारो भयो ।
पात्रहरू
यस कथाका मुख्य पात्रहरू माकुरो, माउसुली र भँगेराको परिवार हुन् । असल पात्रमा भँगेरा र उनकाे परिवार हुन् भने खराब पात्रमा माकुरो र माउसुली हुन् । असल पात्रहरूले आफूले जानेको ज्ञान दिएर उनीहरूलाई सुधार्ने प्रयास गरे पनि माकुरो र माउसुलीमा कुनै परिवर्तन आएन । कथाको अन्त्यमा भँगेराको परिवारले त्यहाँबाट बसाइँ नै सरेर हिँडे ।
परिवेश
यस कथामा घरका भित्ता, दलिन, भर्याङ, भुइँ, अँध्यारो कोठा आदि स्थलगत परिवेशका रूपमा आएका छन् । एउटा अँध्यारो कोठाको भित्ता पनि माकुराे र माउसुली भाग लगाएर बस्नु, आफ्नो आफ्नो इलाका भनेर एक आपसमा वैमनस्य गरेर बस्नु, जुनबेला पनि झगडा गरिरहनु, दुई छिमेकीहरू आपसमा कहिल्यै नमिल्नु,अरूले भनेको पनि पटक्कै नसुन्नु आदि अवस्थागत परिवेश यस कथामा आएका छन् । यस कथाले लगभग तीन महिनाकाे समयलाई समेटेकाे देखिन्छ ।
निष्कर्ष
यो उपन्यास पढ्दा रमाइलो लाग्यो साथै यो पुस्तक जीवनाेपयोगी शिक्षा दिने पुस्तक रहेछ । यो पुस्तक आफ्ना साथीहरू र आफन्तलाई एकपटक पढ्नै पर्ने पुस्तकको रूपमा सिफारिस गर्दा ठीक हुन्छ भन्ने मेरो निष्कर्ष रहेको छ । यो पुस्तक पढ्दा छिमेकीहरू सधैँ मिलेर बस्नुपर्छ । एकआपसमा सबैलाई मद्दत गर्नुपर्छ । आफूभन्दा कमजोरलाई पेल्ने, दुःख दिने वा खाने गर्नुहुँदैन भन्ने जस्ता उपयोगी शिक्षा यस पुस्तकबाट पाइन्छ ।
नामः प्राप्य मिश्र
कक्षाः पाँच ‘नुप्से’
डियरवाक सिफल स्कुल
Liked by: