म अंधेरी लाई
चिर्दै हिडेको एक दाबेदार सहिद हुं।
मलाई एक प्याकेड उज्यालो हरुले
छुन सक्ने छैन।
खुल्ला मंच मा परेड खेलिरहेका
ती बतासका पल्टन
हरु बाट बेवारिसे चुटिएको
एक युद्द कर्ता हुं।
थाहा छैन - मेरो सालिक बन्छ कि बन्दैन- चोक हरुमा
पुजिन्छु कि पुजिन्न म - कुनै बिशेष दिनमा
आखिर मेरो पनि त बीभत्स हत्या भएकै हो।
फरक त्यत्ती हो- म बतास हुल ले च्यापिएर
फालेको हुं जीवन - त्यो सरकारी पालले
छल्न नसकेर चिसो।
किनकी म संग नर्थ फेस ज्याकेट छैन ।
सरकार
मलाई चिसो सहिद घोषणा नगरियोस।
किनकी,
मलाई थाहा छैन - सालिक को चेतना हुन्छ कि हुदैन ।
मन हुन्छ कि हुदैन।
त्यसैले म सालिक भै
मृत्यु पश्चात् पनि कठ्याङ्गृन चाहन्न ।
आखिर चोक हरुमा मा
पनि बतास ले परेड त खेल्छ होला नि?
कि सलिक माथी पनि
निलो पाल लाईन्छ र सरकार?
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: