खै कस्लाई सुनाउँ मनको वेदना
आँसु नै आँसुले भरिएको छ ।
खै कहाँ जाऊँ रातिको बास बस्न
भत्किएको चुहिने छानो छ ।
कस्तो हुन्छ बा आमाको माया
दैवले खोसेर लगेको छ।
कसलाई बनाऊ जीवन साथी
जीवनको डोरी चुँडिएको छ।
कसरी बढ्नु आगाडी मैले
पाइला पाइलामा ठेस र काँडाले धोपेको छ।
बाँच्नु छैन अब जिउने आस मरी सक्यो
जीवन आफन्तको खोजीमा थाकेर ढली सक्यो।।
Liked by: