तिम्रो स्वागतमा
म फरफराई रहेछु
तिमी यही
कतै छौँ जस्तो
आभास लाग्दछ
तर जब ममाथि
एक जोडी ढुकुरहरु
मच्चीएर सम्भोग
गर्दा गर्दै
खै कुन्नी
केले हो बिथोली
भुर्र स्खलित
नभै उड्दा
आफैले आफ्नो
अस्तित्व बोध गर्दछु
म वारी गाँठो
तिमी पारी
अव्यक्त शब्दहरु
अन्तरीम मनको
अन्तर कुनामा
गुम्सीएर तुहिए
मेरै गलामा
पासो लगाई
आत्म हत्या गरेका
कैयन काला सोचहरु
मलाई नै
ऐठन गर्न आउछन्
बेला न कुबेला
अनि तिम्रो
बिभत्स लाश
देख्छु तन्द्रामा
क्षत विक्षत
त्यसपछि
एक्लो पनलाई समाल्दै
प्रिय
अब तिम्रो आत्माले
चिर निन्द्रा
पाओस् भनी
म
शान्ति , क्रान्ति र सद्भाव
फैलाई रहेछु निरन्तर
Liked by: