सूर्यले कुखुराको अण्डा भित्रको पहेलो-पहेलो सुन्तला रङगको जर्दी सरह मुहार बनाएर आजलाई बिदा भन्दै क्षितिजमा विलीन हुने अवस्था थियो ! तर यिनिहरुको दौडादौड र भागमभाग भने अहिले सम्म पनि जारीनै रहेको थियो ।
सूर्यले कुखुराको अण्डा भित्रको पहेलो-पहेलो सुन्तला रङगको जर्दी सरह मुहार बनाएर आजलाई बिदा भन्दै क्षितिजमा विलीन हुने अवस्था थियो !
तर यिनिहरुको दौडादौड र भागमभाग भने अहिले सम्म पनि जारीनै रहेको थियो ।
भोको जङ्गलको राजा सिंह खलखली पसिनाले फ्वा-फ्वा हुदै त्यो लखटरित खरायोलाई आदेश दिन विवश हुन्छ। 'पख! ओइ खरायो पख !!'…
खरायो सूर्य डुबिसकेकोमा खुशी हुँदै ..चयनको श्वास तान्छ.. आजको लागि सिकारको अवधि सकिसकेको संकेत आइसकेको थियो ।
सुर्य डुबिसकेको थियो । अब कसैले कसैको सिकार गर्नु अन्याय हुन्थ्यो !
दिउसो तन्तलापुर घामदेखि सुरु भएको यिनिहरुको बेजोड चोर-पुलिसमा सिंह बलवान् भए पनि जाबो एउता स्यानो खरायो आफ्नो पन्जामा च्याप्प पार्न नसकेकोमा उ मरेतुल्य भोको त रहयो नै संगै उस्को आत्मसम्मानमा दाग पनि लागिसकेको थियोे।
किनकी उस्ले आज एउता निर्बल,हतियार बिहिन,सोझो प्राणीलाई पनि पकद्न सकेन !
सिंह खुइय्यss!! पसिना काट्दै... खरायो नजिकै पुग्छ अनि खरायोलाई थप्थपाउँछ !
सिंह लज्जित भै'सकेको थियो! एउटा राजाको हार भै'सकेको अवस्था !
"म एउटा जङ्गलको राजा; यहाँ को शक्तिसाली एक मात्रै !" निराश मुहार लगाएर सिंह खरायोलाई सोधछ.."तिमी त मेरो लागि सिन्को भाच्नु सरहको जन्तु , तर पनि मैले आज भगिरथ महेनत गरेर पनि तलाइ समात्न सकिन, तलाइ खान सकिन!!!.. मैले समात्थे भनेनी एकै गासमा सक्थिस त..
येस्तो किन भयो एउटा सिंहले त जस्तो कम्जोर, डरपोकलाई किन लखेट्न सकेन?
म किन हारे??"
खरायो त झन फ्वा-फ्वानै हुने भयो!
.. लामो श्वास तान्दै राजालाई प्रणाम गर्दै..भोको राजातिर फर्केर भन्छ, 'राजा साहेब; तपाई जाबो एक छाकको लागि मलाइ लखेट्दै हुनुहुन्छ। तर म मेरो सा..रा जिन्दगीको लागि (शाहरुख खानले हात फैलाएझै आफ्नो हात फैलाउदै भन्छ) भाग्दै छु, अनि तपाईं मलाई कसोरी समात्नु सक्नु हुन्थ्यो त?!'
: अनिल कोजू
faltoonkiller@gmail.com
भक्तपुर, नेपाल
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।
Liked by: