स्वस्तिस्तुते ....। आयुद्रोणसुते....।भद्रमस्तु....।निवशतु त्वम गृहे.... ।
ए नैना ! भान्जाको घर जाउजाउ लागिराछ । पर्सि कोजाग्रत पूणिर्मा हो , भोलि हिडे साँझ सम्म पुग्छु। डव्बा डव्बामा तिन भाग कोशेलि मिलाएर मेरो ब्यागमा राखिदेउ।
केके लगीबक्सिन्छ?
तिमि घर कि लक्ष्मी, चार बर्षमा म जादैछु, तिमिलाई सिकाइराख्नु पर्छ र?
बल्लबल्ल तग्रिनु भएको छ, कमजोरि अवस्थामा इच्छा भो, नजाँदा पनि हुन्थोकि?
दिदी भिनाजुको शेषपछि एकपल्ट मात्र पुगे, यस्तो दशैँमा पनि भान्जाहरु मध्ये कोहि आउछन् कोहि अाउदैनन् । म जाँदा भान्जा-भान्जी, बुहारि, नाति-नातिना सबैलाई आशिर्वाद दिन भयाउछु नि। नयाँ घर बनाएका छन रे , हेर्न पनि पाउँछु ।
कमजोर भइबक्सिन्छ त्यसैले भनेकिँ हु- माइजुले पनि समझेकि छ सुनाइदि बक्सेला ?
चित्त नदुखा नैना अर्को साल् ब्यवस्था मिलाएर दुबैंजना जाउँला ।
तिन घन्टा बसको सफर र करिब दुई घन्टा बिस्तार बिस्तार हिडेर भान्जाको गाउँ पुग्दा सांझ परि सकेको थियो ।आँगनमा पुग्नै आंट्दा तिनै जना भान्जा कतै जान निस्केको भेटिए।
आहो! मामा नमस्कार, मामाको हातबाट टिका थाप्न पाउँने भयौँ ?
त्यसैले म आएको हुँ ।
मामा हामी बाहिर जान साईतमा निस्कि सक्यौं, ऊ हाम्रो तिनवटै घर हो। मुल घर भत्काएर पाहुना घर बनाएका छौँ, गएर आराम गरि बक्सियोस् । दस-एघार बजे राति सम्म हामी पनि आई पुग्छौँ ।
मुल घरकै वरिपरि धनिकचन, मानिकचन र कुसलचन तिनै जाना भान्जाको एकैनासको घर रहेछ। पुरानो घरलाई साझा पाहुनाघर बनाएको रहेछ। एताउती हेर्दै रमाउदै बैठक कोठामा रहेको पुरानो कुर्सिमा गएर बस्दा बुडो मामा आउनुभो भन्दै केटाकेटि रमाए र कराए । भान्जिबुहारिहरु पनि आउदै , सन्चै मामा ? भन्दै ढोग्दै फर्किए ।
भोलि पल्ट :
नौँ बजिसकेको थियो मामाको चालचुल नदेखे पछि, भान्जाहरू बैठकमा पुगे, त्यहा गुन्द्री, सुकुल, राडि, डस्ना केहि देखेनन्। मामाले बोकि ल्याएको ब्याग् माथि एउटा कागज राखेको देखि उठाई पढे । त्यसमा लेखिएको रहेछ- स्वस्तिस्तुते ....। आयुद्रोणसुते....।भद्रमस्तु....।निवशतु त्वम गृहे.... ।
प्यारा भान्जा मुखले भट्टयाएर यो आषिश दिन नपाएपनि कागज द्वारा दिएको छु, आसिश वचन अनुसार समस्त परिवारलाई नवदुर्गा भवानिबाट कल्याण होस्, मामा र माइजुबाट शुभकामना ।
ए ला ! मामा हिड्नु भएछ। परिवार तिर फर्कदै , राति मामालाई कस्ले भान्सा गरायो ? यस्तो जाडोमा कता सुत्नुभयो? कोइ त बोल? मामाको बिजोक नै गर्यौ।
मामाले ल्याएको ब्याग खोल्दा एक किलो घिउ, एक किलो मह,सय्ऊ, अमबकहरूका साथै
तिन वटा पोका र दक्षिणा भनि नयाँ नोटहरु पनि रहेछ।
त्यहा उपस्थित सबै मुखामुख भएर हेर्न लागे। भान्जाहरूलाई ग्लानी भएर थ्याच्च बसे।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: