दीन प्रतीदीन प्रेमको दलदल मा भासीदै थीए
प्रेम को गम भइ उस्को मन मा टासीदै थीए
त्यो मन ,यो मन एक अर्कामा गासीदै थीए
एक हुन थाल्यौ ,आफू भित्रको म नासीदै थीए ,
पछी महसुस भयो ,म आफ्नो उदेश्य बाट भड्कीएको रैछु,
मेरा सपनाहरु मलाइ नै देखेर हासीदै थीए ।
मेरा ती कल्पीत तातता सपनाहरु ,चीसीदै थीए
मेरा यी कल्पनामा ,तिम्रा ती जहरीला प्रेम मीसीदै थीए
पछी महसुस भयो , म आफ्नो उदेश्य बाट भड्कीएको रैछु
मेरा सपनाहरु मलाइ नै देखेर रीसीदै थीए ।
उसका ती प्रेमका झातोहरुमा मेरा रहरहरु पीसीदै थीए
उसलाइ पाउने इरादामा मन मस्तिष्क घीसीदै थीए ।
पछी महसुस भयो , म आफ्नो उदेश्य बाट भड्कीको रैछु
मेरा तात्ताता सपनाहरु ,बिस्तारै बिस्तारै चीसीदै थीए ।
म उसको प्रेमको दाइरामा नीस्सासीदै थीए
बिकाउ तिम्रा सोचहरु ,बिस्तारै आकासीदै थीए
मुटुमा धेरै जोडको धक्का लागेर होला ,
फीलीङ्गहरु अत्तासीदै थीए ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: