चीनको इन्टरनेट | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

चीनको इन्टरनेट




चीनको कुटनीती अनि सुरक्षाका बिषयमा बर्षौदेखि यस पत्रिकाले भरपर्दा खबरहरु प्रकाशित गरेको इतिहास छ । नेपाल शिर्षकमा छापिएको यस समाचारमा बर्षौसम्म भारतको इन्टरनेट सुबिधा चलाएको नेपालले बर्षौपछि चीनको इन्टरनेटको आयात गरेको उल्लेख गरिएको छ ।



चीनको इन्टरनेट नेपालमा औपचारीक भित्रिएको बिषयमा धेरै समाचारहरु हामीले चालपायौं, आउनुहोस चीनको साउथ चाईना मर्निगं पोष्टको यस बिषयमा लेखिएको समाचारको नेपाली अनुवाद हेरौं, के खबर रहेछ चीनवाट यस बारेमा ?
चीनको कुटनीती अनि सुरक्षाका बिषयमा बर्षौदेखि यस पत्रिकाले भरपर्दा खबरहरु प्रकाशित गरेको इतिहास छ । नेपाल शिर्षकमा छापिएको यस समाचारमा बर्षौसम्म भारतको इन्टरनेट सुबिधा चलाएको नेपालले बर्षौपछि चीनको इन्टरनेटको आयात गरेको उल्लेख गरिएको छ ।
१२ जनवरि सन् २०१८ मा नेपालले चीनसंगको इन्टरनेटको फाइबर कनेक्सन खोलेको कुरा उल्लेख गरिएको छ । नेपालका सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले यसको काठमाडौमा औपचारीक शुरुवात गरेका कुरा यस पत्रिका उल्लेख गर्दछ । यस अघि नेपालका मुख्य तिनवटा इन्टरनेट कनेक्शन भारतका बिभिन्न तिनवटा प्वाइन्ट बाट आउने उल्लेख गरिएको छ । भारती एयरटेल र टाटा कम्यूनिकेशनका इन्टरनेट नेपालमा बिरगंज, भैरहवा अनि बिराटनगर हुँदै नेपाल भित्रिएको साउथ चाईना मर्निगं पोष्टको खबरमा उल्लेख छ । सन् २०१४ को डिसेम्बर महिनामै चीनसंगको इन्टरनेट सहकार्यमा सम्झौता भएको भएतापनि सन् २०१५ को भुकम्पका कारणले कार्यान्वयनमा ढिलाई भएको पत्रिकाले छापेको छ । उता भुकम्पकै कारण तातोपानी नाका अझै पनि बन्द भएको पत्रिकामा उल्लेखित छ । चाइना टेलिकमको ग्लावल एक्सटेन्डस् अन्र्तगत यस इन्टरनेट बिस्तार भने रसुवागढी बाट काठमाडौं सम्म भएको कुरा साउथ चाईना मर्निगं पोष्ट उल्लेख गर्दछ ।
चीनको मुलधारको इन्टरनेटमा फेसबुक, गुगल लगायतका बिश्वप्रसिद्ध साइटहरुमा रोक लगाइएको भएतापनि हङकगंमर्फत ल्याइएको लाइनमा यी फायरवालहरु नरहेको लेखिएको छ । ४००० मिटर माथिका प्रसारण लाइनमा काम अनि बिस्तार गरिएको यस इन्टरनेट सेवालाई बृहत परियोजनाका रुपमा पत्रिकाले लेखेको छ । अबका दिनमा ६ बिभिन्न बृहत परियोजनाहरु चीन र नेपालका सरकारहरुले ल्याउने कुरा पनि पत्रिकाले लेखेको छ, बुढी गण्डकी जलबिधुत परियोजनालाई पनि निकट भविष्यको संभाब्य परियोजना भनिएको छ । चीनका नेपालको लागि राजदुत यु होगंका अनुसार अहिले आएर नेपाल र चीन बिचको समबन्ध तिब्र गतिमा बढेको भनेर पनि उद्धृत गरिएको छ ।  द एसिया फाउण्डेशनका जर्ज भ्यारुजीसले पनि नेपाल जस्तो भुपरिवेष्ठित देशमा यस्ता सञ्चार प्रवाहहरु कुनै एउटा मात्र देशमा नभइकन धेरै श्रोत अनि देशहरुमा भएको राम्रो हो भनेको कुरा पनि उद्धत गरिएको छ ।
जे होस् अब नेपालीह्रुले चीनवाट आएको इन्टरनेटको सुबिधा प्रयोग गर्दै यसलाई तुलना अनि यसको गति आँक्न पाउने भने भएका छन् । भारत होस् या चीन, सस्तो, सुलभ अनि सहज इन्टरनेट आजको आवश्यक्ता हो ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.