
चीनको कुटनीती अनि सुरक्षाका बिषयमा बर्षौदेखि यस पत्रिकाले भरपर्दा खबरहरु प्रकाशित गरेको इतिहास छ । नेपाल शिर्षकमा छापिएको यस समाचारमा बर्षौसम्म भारतको इन्टरनेट सुबिधा चलाएको नेपालले बर्षौपछि चीनको इन्टरनेटको आयात गरेको उल्लेख गरिएको छ ।
चीनको मुलधारको इन्टरनेटमा फेसबुक, गुगल लगायतका बिश्वप्रसिद्ध साइटहरुमा रोक लगाइएको भएतापनि हङकगंमर्फत ल्याइएको लाइनमा यी फायरवालहरु नरहेको लेखिएको छ ।
४००० मिटर माथिका प्रसारण लाइनमा काम अनि बिस्तार गरिएको यस इन्टरनेट सेवालाई बृहत परियोजनाका रुपमा पत्रिकाले लेखेको छ ।