विश्व मौसम विज्ञान दिवस
पृष्ठभूमि
मौसमको फेरबदलमा बादलको महत्त्वलाई दर्साउँदै सन १९६१ देखि हरेक वर्षझैँ यस वर्ष पनि २३ मार्चका दिन मौसम विज्ञान वर्ष मनाईदैछ ।विश्व मौसम विज्ञान सङ्गठन द्वारा सङ्कलित तथ्याङ्क बिना, यो सही दैनिक मौसम पूर्वानुमान प्राप्त गर्न असम्भव हुनेछ। विश्व मौसम विज्ञान सङ्गठनले मानिसहरूको सुरक्षा र कल्याणमा योगदान दिन महत्त्वपूर्ण भूमिका खेल्छ। यसरी वल्र्ड मेटेरोलोजीकल अर्गनीजेशनले आफ्नो डाटा मार्फत विश्वभरिका समुदायको सुरक्षा गरिरहेको हुन्छ । यसको काम खाद्य सुरक्षा, जलस्रोत र यातायात प्रदान गर्न महत्त्वपूर्ण छ। मौसम सम्बन्धी डाटाले हामीलाई मौसमको क्षति ट्र्याक गर्न, हाम्रा सम्पूर्ण दिनहरूको योजना बनाउन र प्राकृतिक प्रकोपहरूको बारेमा चेतावनी दिन मद्दत गर्दछ। यी नै डाटाको कारणले गर्दा, हामी मानिसहरूलाई बाहिर निकाल्न वा आवश्यक आँधीको तयारी गर्न पर्याप्त समय दिएर ठुलो आँधीको भविष्यवाणी गर्न सक्छौँ।
सन् १९६१ को मार्च २३ मा विधिवत् सुरु भएको यस दिवस वर्ल्ड मेटेरोजीकल अर्गनाइजेशनको स्थापनाको सम्झनामा हरेक वर्ष मार्च २३ मा मनाइन्छ । पहिलो विश्व मौसम विज्ञान दिवस चाहिँ सन् १९६१ मा मनाइएको थियो ।
उद्देश्य
सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा विश्व मौसम विज्ञान दिवस मनाइन्छ। यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि प्रकाश पार्दछ।
सन् २०२५ को मौसम विज्ञान दिवसको नारा
यस वर्षको नारा चाहिँ “Closing the Early Warning Gap Together” हो । मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै विश्व समुदायले यस नारा तयार पारेको बताइएको छ । डब्लुएमओ महासचिव, प्रोफेसर सेलेस्टे साउलोको विश्व मौसम विज्ञान दिवस २०२५ को अवसरमा वक्तव्यमा आधारित रहेर यस वर्षको नारा विपत्ति अघिको जनाउ प्रणालीमा केन्द्रित छ । साथै वर्ष २०२५ चाँही बिश्व मौसम बिज्ञान दिवसको ७५ औं श्रृखला पनि हो ।
नेपाल अनि नेपालीहरू यस कुरामा सबैभन्दा संवेदनशील हुन जरुरी छ किनभने हामी विश्वको शिर हौ, सगरमाथाले सुशोभित हाम्रो भूमि सदासर्वदा यी जनविपर्याय बादलहरूको क्रिडास्थल बनिरहोस् अनि मौसमको कृपा रहिरहोस् । बादलको घुम्टोले हाम्रो सहर छोपी रहोस्, तिम्रो सहर छोपी रहोस् ।
जय होस्
SEE २०८१-अनिवार्य गणित
चैत्त ७ गते बाट सुरु भएको एसइई परीक्षाको आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको सबै परीक्षार्थीहरुलाई शुभकामना ।
-हाम्रो पात्रोकालागी सुयोग ढकाल
Liked by: