गोरखकाली पूजा
गोरख सन्देश
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् – हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा महत्त्व
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
संयुक्त राष्ट्र संघ दिवस
पृष्ठभूमि
सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयूक्त राष्ट्रसँघ दिवस मनाईन्छ, सन १९७१ को संयूक्त राष्ट्रसँघको महासभाले यस एतिहासीक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आजका दिनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयूक्त राष्ट्रसँघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयूक्त राष्ट्रसँघ सप्ताह मनाईनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयूक्त राष्ट्र सँघ दिवसका रुपमा मनाईन्छ । पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायमगर्ने मध्यस्ततागर्नका लागी पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो । दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका , वेलायत, शोभीयत यूनियनलाई संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षरगर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयूक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ । संयूक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशहरुले पनि पुष्टी र सहमती जनाएका हुन् ।
सन् २०२४ को संयुक्त राष्ट्रसंघ दिवस
यो वर्ष संयुक्त राष्ट्र संघको महासभाले शान्तिको संस्कृति सम्बन्धी घोषणा र कार्य कार्यक्रम पारित गरेको २५ औं वार्षिकोत्सव मनाउने छ ।
नाराः
Cultivating a Culture of Peace
शान्तिको संस्कृतिको विकास गर्दै भन्ने अर्थ राख्दछ ।
विश्व विकास सूचना दिवस
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ। सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि "विश्व विकास सूचना दिवस" मनाइन्छ।
राष्ट्र संघको विधानसभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खासगरी युवा मान्छेमा रहने विकासको समस्याहरुको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ, यसले विकासको लागि अन्तर्राष्ट्रीय सहयोगको क्षेत्रमा प्रयासको बढावा दिन्छ।विधानसभाले विकासको केन्द्रीय भूमिका बलियो बनाउन यस दिनलाई संयुक्त राष्ट्र दिवसको दिनमै मनाउदै आएको हो।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: