विश्व रंगमञ्च दिवस
विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ। अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आईटीआई) द्वारा सन् १९६१ मा तोकिएको यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य र महत्त्व, मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवन मा पारेको प्रतीकात्मक प्रभावबारे मनाइन्छ। यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई जानकारी गराउन पनि काम गर्दछ ।
अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (ITI) द्वारा सन् १९६२ मा विश्व रंगमञ्च दिवस मनाउन सुरु गरिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि न्तर्राष्ट्रिय रंगमञ्च संस्थान द्वारा प्रायोजित छ, र यूनेस्को ले पनि यस दिवसको बिश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ ।
रंगमञ्च अनुभव
दर्शकहरू बस्न थालेपछि बत्तीहरू मधुरो हुन्छन्। पर्दा उठ्ने बित्तिकै, महिनौंको तयारी गरिएको कथा र पात्रहरु जीवन्त हुन्छन् । अन्तर्राष्ट्रिय रंगमञ्च दिवसले हलचल, मनोरञ्जन, शिक्षण, र मानिसहरूलाई परिवर्तन गर्नमा थिएटर कलाको मूल्यलाई मान्यता दिन्छ। थिएटर कलाको एक माध्यम हो जसमा विभिन्न तरिकामा काम गर्ने प्रतिभाशाली कलाकारहरूको विविध दायरा समावेश भएको हुन्छ । ती कलाहरु चाहे लेखन र निर्देशन, उत्पादन र अभिनय, भव्य पोशाकहरू सिर्जना गर्ने, वा प्रकाश र दृश्य डिजाइन ह्यान्डल गर्ने या अन्य कुनै पनि प्रकारका योगदानमा आधरित हुन्छन् जस्ले थिएटरलाई हामीमाझ ल्याएको हुन्छ । आजको दिन थिएटरका ति हरेक अवयवहरुको विशेष दिन हो, रंगमञ्च अटुट रहोस् ।
Theatre and a culture for peace- थिएटर एण्ड ए कल्चर अफ पिस विश्व रंगमञ्च दिवस २०२५ को नारा हो। विश्व रंगमञ्च दिवसको यस वर्षको नाराले संस्कृतिलाई एकताबद्ध गर्न र शान्ति प्रवर्द्धनमा रंगमञ्चको महत्त्वलाई जनाएको छ ।
नेपालमा रंगमञ्च
समग्र मानव जीवन चित्रण गर्ने प्रभावशाली विधाको रुपमा नाटकलाई लिइन्छ । समाजलाई सहि बाटो हिडाउन, विसंगति तथा विकृति हटाउन नाटक प्रभावकारी मानिन्छ ।
पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरुको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । नाटकमा अभिनय गरेर मात्रै गुजरा चलाउन कठिन भएको रंकर्मीहरुले बताइरहेको यस अवस्थामा रंगमञ्चके ब्यबस्थापन, प्रवर्धन र रंगकर्मीहरुको पेसागत सुरक्षातर्फ पनि आज समबन्धीत निकायको ध्यान जाओस्, शुभकामना ।
SEE २०८१-ऐच्छिक प्रथम
एसइई परीक्षा २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।
तालिका अनुसार चैत १४ गते एच्छिक प्रथम विषयका जाँचहरु हुँदैछन् । प्राविधिक तर्फ पशु स्वास्थ्य / औद्योगिक कृषि र माछा संस्कृति / C++ प्रयोग गरेर डेटा विज्ञान र OOP अवधारणा / भवन निर्माण र रेखाचित्र / विद्युतीय मेसिन / शास्त्रीय संगीत का परीक्षाहरु हुनेछन् ।
वेद बिधाश्रम तर्फ वेद वा नीतिशास्त्र का परीक्षाहरु हुदैछन् ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: