भाद्र शुल्क पक्षको अष्टमी तिथिमा वृन्दावन नजिकै वर्सानामा राधाजीको जन्म भएको थियो र यसै दिनलाई राधा अष्टमी वा राधा जयन्तीका नामले लोकमा प्रसिद्ध छ । राधाजीको जन्म भगवान् श्रीकृष्णको साथ जगमा प्रेम भावलाई सार्थक गराउन भएको हो भन्ने मान्यता छ । जो व्याक्क्ति प्रेममा लिनहुन्छ त्यो राधाकृष्णको ज्वलन्त उदाहरण बन्दछ ।
एवं रितले यदि अष्टमी तिथि शुक्रवारका दिन पर्न गएमा उक्त अष्टमीको पवित्रतालाई राधाको जन्मसँग जोडेर राधा अष्टमी मनाउने चलन स्थापित भएको हो ।
'ॐ केशवाय नम: ॐ नाराणाय नम: ॐ माधवाय नम: ॐ ह्रषीकेशाय नम:'
जब हामी श्रीकृष्णको नाम लिन्छौँ त्यस बेला राधाजीको नाम पनि सँगै जोडिएर आउँछ । किनकि सबै भक्त राधाकृष्ण भनेर भन्ने गर्दछन् यो नाम दुई भएता पनि एक अर्काका लागि नै बनेको हो । यसलाई कसैले पनि अलग्याउन सक्दैन ।
राधा अष्टमीको नामले यो व्रतलाई चिनिन्छ, यो दिनको व्रत गर्नाले मनुष्य जीवनमा धनको कहिले कमी नहुने, घर परिवारमा प्रेम भाव बढ्ने र अन्त्यमा गोलोकमा पनि सुखद जीवन पाइने कुरा शास्त्रोक्त रहेको छ ।
यस दिन बिहान आफ्नो नित्यकर्म सकेर राधाजीको लागि सुन्दर मण्डप या आसन बनाएर राधाजीको मूर्तिलाई वस्त्र एवं आभूषणले सुसज्जित गर्ने र शोडशोपचार्ले या जे सामग्री उपलब्ध हुन्छ त्यसै सामग्री द्वारा श्रद्धा एवं भक्तिले पूजा गर्नु पर्दछ । विचारणीय कुरा के छ भने, यो पूजा मध्यान्ह कालमा नै गर्नु पर्दछ । यसरी गरिएको पूजा पश्चात् दिनभरि नै व्रत बस्ने या एक समय भोजन पनि गर्न सकिन्छ । व्रतको भोलिपल्ट विवाहितता व्रह्मण तथा व्राह्माणीलाई भोजन गराएर दक्षिणा दिने विधान छ ।
राधा अष्टमीको शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: