कामदा एकादशीमा सबैको भलो होस् ।
कामदा एकादशीको चर्चा महाभारतको परिवेशबाट उक्काउन चाहन्छु ।
एक दिन राजा युधिष्ठिरले भगवान् कृष्णसँग सोधेँ, ‘हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीका बारेमा वृत्तान्त बताइदिनुहोस् ।’
युधिष्ठिरको प्रश्न सुनेपछि भगवान् कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको महल थियो । त्यही ठाउँमा एउटा नाग लोक थियो, जहाँ भयङ्कर नागहरू बस्दथे । त्यो सुनको महलमा त्यस बेला क्रूर पुण्डरीक नामक राजाले राज गर्थे । राजा पुण्डरीकको सभामा केही गन्धर्वले गाउँथे भने केही अप्सराले नृत्य गर्थे । त्यही गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउँथे । ललित र ललिताको प्रेम निक्कै चरम अवस्थामा थियो । तर, एक दिन गन्धर्व ललितले राजासामु आफ्नो गीत गाउँदै गर्दा आफ्नो प्रेमिका ललितालाई सम्झन पुग्दा आफ्नो सुर र ताल बिगार्न पुग्छन् । सभामा भएका नागहरूले ललितले आफ्नो प्रस्तुति बिगारेको कुरा राजासमक्ष सुनाइदिए । त्यसपछि क्रूर राजाले ललितलाई त्यो गल्तीका लागि राक्षस हुने सराप दिए । सराप पाएपछि ललितको अनुहारमा भयङ्कर परिवर्तन आयो । उनको रूप राक्षसमा परिवर्तन हुन थाल्यो । आफ्नो प्रेमीको त्यो विकराल रूप देखेर दुखित ललिता एक दिन घुम्दै एक जना ऋषि कहाँ पुगिन् । त्यहाँ ललिताले ऋषिलाई आफूमा परेको समस्या व्याख्या गरिन् । तिनै ऋषिले ललितालाई चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीको व्रत बस्ने सल्लाह दिन्छन् ।
ललिताले चोखो नितो गरेर श्रद्धापूर्वक कामदा एकादशीको व्रत बस्छिन् । यसबाट कमाएको पुण्य आफ्नो प्रेमी ललितका लागि अर्पिन्छिन् । नभन्दै ललितको पिसाचरुपको नाश हुन्छ ।’
त्यही बेलादेखि कामदा एकादशीको महत्त्व रहन गएको हो ।
चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ ।
कामदा एकादशीमा सबैको भलो होस् ।
शुभकामना ।
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसआज भन्दा लगभग ६१ वर्ष अगाडिको हो । अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो। सन् २०११ को अप्रिल ७ को संयूक्त राष्ट्र संघको महासभाको ६५औं संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको हो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भनेँ पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।
आजको दिनले मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्त्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ। आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ। युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यस बेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो, उनले यही योगदानको लागी "हिरो अफ सोभियत युनियन" शीर्षकले सम्मानित गरिएको थियो। संयुक्त राष्ट्र संघको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको सङ्कलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ।
आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ । नेपालका हकमा यस वर्षको अन्तरिक्ष मानव विमान दिवसले नौलो महत्त्व बोकेको छ । यसै वर्ष नेपालका विद्यार्थीहरू मिलेर गरुडा नामक नेपाली रकेटको प्रक्षेपण जाँच सफल पनि भएको छ । यस रकेटको प्रक्षेपण अनि विकासका उपलब्धिहरू सहित नेपाली वैज्ञानिकका समूह अमेरिकामा हुने स्पेसस्पोर्ट अमेरिका कपमा पनि सहभागी हुनेछन् ।
आकाश पन्चतत्व मध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्त्व हो । आकाश अनि अन्तरिक्षले मानवको मस्तिष्कमा धेरै कौतुहलता र प्रश्नहरू उत्पन्न गरेको छ । चन्द्र छुने इच्छा, आकाश टेक्ने अनि बादलहरू माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सूत्रहरू, मानवले सधैँ खोजिनै रहेको हुन्छ ।
यसै गरी अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मङ्गल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरू गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ ।
यस दिवसको अर्थपूर्ण शुभकामना छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: