हामी मानिस जस्तै श्वाँस फेर्ने, भोक लाग्ने, माया दया रिस, इर्ष्या भएका, गतीशील प्राणीहरु मानव सभ्यता देखि अझ अगाडी देखि नै हामी संगै छन् । कहिले जंगलमा त कहिले गोठमा, कहिले खानाका रुपमा त कहिले सुरक्षाका लागि अनि अन्य लाखौं प्रयोग अनि साथका लागि मानवले जनावरहरुको प्रयोग गर्दै आएको छ । तर यो हजारौं बर्षको सहकार्यमा मानव कत्तिको जनावर अनि उनिहरुको महत्वका लागि बफादार रुपमा प्रस्तुत भएको छ त ?
हामी आफ्नै शरीरमा एकफेर हेरौं न ?
कत्ति वटा कपडा अनि अन्य कुराहरु जनावरका हाडखोर र छालाले बनेका छन ? आफ्नो स्वतन्त्रताका लागि आन्दोलन गरेर स्वतन्त्रता र सार्वभौमताका लागि दस्तावेज बनाउने त्यही मान्छे बन्द कोठामा जीवनभरि कैद गरिएका जनावरहरु हेर्न चिडियाखानामा रमाउदंछ । कत्तिको समभाव छ त हाम्रो जनावर प्रति , एकफेर सोचौं न ।
हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मी हरु एकै थलोमा भेला हुने गर्दछन् ।
वर्ष २०२१ को विश्व पुश दिवसको नाराचाँही Forests and Livelihoods: Sustaining People and Planet" रहेको छ । वनजंगल र जिवीकोपार्जनलाई केन्द्रमा राखेर पुशहरुको सुरक्षालाई यस वर्ष विशेष ध्यानमा राखिएको छ ।
जनावरका मुद्धाहरु पत्रपत्रिका अनि अन्य सञ्चार माध्यमको मुख्य पृष्ठ र मुख्य समाचार बनाउन, जनावर माथिको हिंसा बन्द गर भन्ने बिभिन्न नाराहरु आज गुञ्जायमान हुने गर्दछन् । सनातन समाज मात्र बिश्वमा यस्तो समुदाय हो जहाँ जनावरहरु लाई भगवानको स्थान दिइएको छ । भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् ।
कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाड हरुले त जनावरको यस बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषीत गरिदिएको छ । हामीमध्य हरेक मान्छेले जनावरहरुको संसारलाई कृही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।
जनावरलाई खाना, बस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा लिँदै बुझ्न जरुरी छ । सन् १९२५ अर्थात्त लगभग ९३ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएक हुन् । सन् १९२९ बाट औपचारीक रुपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यि सन्तलाई ११ औं शताब्दीवाट अहिलेसम्म पर्यायवरण र जनावर मैत्रि समाजका प्रवर्तक र प्रचारक का रुपमा चिनिन्छ ।
जनावर अधिकार अनि मानव जनावर बीचको स्वस्थ र मैत्रिपूर्ण समबन्ध स्थापना गर्न हामी सबैजना सफल हुन सकौं । जनावर अधिकार दिवसको सबैलाई शुभकामना
त्रयोदशी श्राद्ध#image 1
आज त्रयोदशी श्राद्ध, यस तिथीमा गोलोकधाम जानुभएका पितृहरुको संझना स्वरुप आज श्राद्ध गरिनेछ । सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्
त्रयोदशी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।
-सुयोग ढकाल
Liked by: