रातो बाकस भित्र कोही सहर सम्म आयो
दुःखको कुरा बुवा आमा र घर सम्म आयो।
विरामी भई ऊ एकै दिन के घरमा बसेथ्यो
साहु ले तमसुक बोकेर नोकर सम्म आयो।
म हिँड्दा आँसु बगेथ्यो,यो पनि नुनीलो छ
लाग्याे आमाको आँसु सागर सम्म आयो।
तातो बालुवा माथी बसी खुन बगाउँदै गर्दा
देश र आमा सम्झिँदा चक्कर सम्म आयो
बा नजानुस् न भन्दै रुँदै रुँदै आएथ्यो पछि
फर्कियो आउन त छोरो ऊ पर सम्म आयो।
रोज्यौ जब अर्कै अनेक आए मनमा विचार
आफनो भन्नु अब को नैं छ र सम्म आयाे।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: