जीवन दुख,पीडा,वेदना फुल्ने रहस्यमय उद्यान सम्झेर।
आफ्नै तस्बिरले खुसी भएँ उतिबेलाको मुस्कान सम्झेर।
आमा हरेक दिन आकाशमा हेरिरहन्छिन् एकतमासले,
पखेटा फिँजाइ पंक्षी उड्दा छोरा आउने उडान सम्झेर।
हृदय निर्मल गंगा थियो सोच्नेले नालीको ढल सोच्दियो,
अन्तरभावना दुषित पारे फ़ोहोर फाल्ने जुठान सम्झेर।
सायद मुटुको चोट तरल बनाइ बगाउन नयन बनेको हो,
ऊ आँसुको उपहार माग्छ आँखा पानीको मुहान सम्झेर
भोकप्यास,निद्रा,आराम भुलि रगतपसिना बगाउँछन् रे,
उफ्, सम्झदै ब्याकुल हुन्छु उनी गएको मुगलान सम्झेर।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: