जुन को रातमा तिमी थियौ म थिएँ !
मीठा,मीठा बातमा तिमी थियौ म थिएँ !
शरद ऋतू जाड़ो थियो ज्यानै कमाउने !
हात थियो हातमा तिमी थियौ म थिएँ !
कलकलाउँदो शरीरमा योवन भरिएको !
मस्त,मस्त मातमा तिमी थियौ म थिएँ !
माया नै संसार हाम्रो जात,धर्म माया नै !
फरक धर्म,जातमा तिमी थियौ म थिएँ !
पानी चल्ने छैन हात तिम्रो मेरो यहाँ !
समाजको घातमा तिमी थियौ म थिएँ !
दुनियाले जे भनोस लिनू दिनु छैन केही !
खुसीहरु साथमा तिमी थियौ म थिएँ !
Liked by: