जब सम्म तिम्रो, यता बास थियो
जीउनुको अर्थ, निकै खास थियो।
बनि दियो मन, सहसा उदासी
त्यो हाँसो अनौठो, उपहास थियो।
बगर थिएँ म, तिमी गंगाजल
पिउँदा पिउँदै, पनि प्यास थियो।
लाग्दैथ्यो यो साँच्चै,राजमहल हो
घरवार भन्थेँ ,वनवास थियो ।
निकै रमाइला, देख्थेँ म सपना
ती एकै पलमा, सारा नास थियो
म पनि कसैको, पुजारी हुँ भन्थेँ
वास्तवमा ज्यान, तिम्रो दास थियो
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: