अर्थः- यदि जन्म-कुण्डलीमा अगाडि पछाडि राहु र केतु भई बीचमा सूर्यादि सबै ग्रह बसेका छन्भने त्यो कालसर्पयोग हुन्छयस्तो योग पर्न गएमा वंशमा पीडा दिने, अरुको निन्दा गर्ने तथा बनि-बनाऊ काममा अडचना आउने हुन्छ । यदा कदा ययोगले एकदम राम्रो पनि गर्छ । यो योगमा जन्म लिने व्यक्तिहरु या एकदम ठूलो पदमा पुग्छन्या फेरी मध्यम स्थानमा ।
कुनै पनि प्रकारको कालसर्पयोग यदि राहुबाट प्रारम्भ भएको छ भने त्यो ज्यादै नराम्रो हुन्छ भनि आचार्यहरुले भनेका छन्किनकि राहु सर्पको मुख हो र केतु सर्पको धड केतुबाट सुरु भएर राहु पर्यन्त यदि कालसर्पयोग बनेको छ भने त्यो त्यति नराम्रो होइन तर सधैं हामीले विचार गर्नुपर्ने कालसर्पयोग पुत्र सन्तानका लागि विशेष रूपले तब बाधक हुन्छ जब यो पञ्चमस्थ राहु लग्नमा रहन्छ । विविध धर्मग्रन्थ तथा शास्त्रहरूमा सर्पदोषको वर्णन गरिएको पाइन्छ । वर्तमान समयमा प्राचीन एवं नवीन दैवज्ञहरू बीच कालसर्पयोगको विषयमा मन्त्रणा प्रारम्भ भैसकेको छ । यदि हामिले प्राचीन ग्रन्थहरू मानसागरी, बृहज्जातक तथा बृहत्पाराशर होराशास्त्रको अवलोकन गर्ने हो भने यो सिद्धहुन्छ कियी ग्रन्थहरूमा सर्पयोग अर्थात्कालसर्पयोगको उल्लेख गरिएको छ।
हाम्रो सनातन हिन्दु संस्कृतिमा नागहरूको विशेष महत्व छ । प्राचीन कालदेखि नै नागहरूको पूजा गरिदै आइएको छ। श्रावण शुक्ल नाग पञ्चमीको पर्व पूरा देशमा नै पूर्ण श्रद्धाका साथ मनाइन्छ । यो दिन प्रत्येक गृहस्थीहरू आफ्नो घरको प्रवेश द्वारमा नागको आकृति बनाएर तथा फोटो टाँसेर पूजन गर्ने गर्दछन् । यो दिन नागदर्शन अत्यन्त शुभ मानिएको छ । नागहरूलाई शान्ति तथा भगवान् सूर्यको अवतार मानिएको छ । मनुष्य तथा नागहरू बीच सुरुदेखि नै विशेष भयको भावना रहि आएको छ । देशको प्रत्येक शिव मन्दिरमा भगवान् आशुतोष (शिव शंकर) को पूजा विशेष रूपले गर्ने विधान छ । नाग भगवान् शिवको घाँटीको आभूषण हो र भगवान् श्रीनारायण शेषशायी हुनुहुन्छ।
सप्ताहका सातै-दिनहरूको नाम कुनै न कुनै ग्रहहरूको माथि नै राखिएको छ तर राहु-केतुको नाममा कुनैपनि बारको नाम छैन किनकि ज्योतिषमा राहु र केतुलाई छाँयाग्रह मानिएको छ। अतः राहु र केतुको प्रभाव पनि परोक्ष रूपले नै पर्ने गर्दछ । ज्योतिषमा राहुको स्वभाव शनिवत् केतुको स्वभाव मंगलवत् मानिएको छ । एउटा शरीरलाई दुई भागमा विभाजन गरी राहुलाई शिर तथा केतुलाई धड मान्दा शिरमा विचार शक्ति हुँदा हुँदै पनि शरीर नभएको कारण राहु स्वयं क्रिया गर्नमा असमर्थ हुन्छ ।
राहु जुन भावमा बस्छ त्यसको भावेश, त्यस भावमा स्थित ग्रह तथा त्यहाँबाट जहाँ दृष्टि दिएको छ त्यो राशि, राशीश एवं त्यस भावमा स्थित ग्रहहरूलाई आफ्नै विचार शक्तिले प्रभावित गरी क्रिया गर्नकालागि प्रेरित गर्दछ । केतु जुन भावमा बस्छ त्यसको भावेश, त्यो राशि तथा केतुमाथि दृष्टिपात गर्ने ग्रहको प्रभावमा आई क्रिया गर्दछ । केतुलाई मंगलको समान मान्दाखेरि केतुको प्रभाव पनि मंगलको समान नै विध्वंशकारी हुन्छ ।
केतु आफ्नो महादशा एवं अन्तर्दशामा व्यक्तिको बुद्धिलाई भ्रमित गरी सुख-समृद्धिको ह्रास गर्दछ । राहुको महादशा प्रायः बाधाकारक हुन्छ।यहाँ विचारणीय विषय यो हो कि राहु सम्बन्धित ग्रहको माध्यमबाट आफ्नो कार्य गर्दछ भने केतु सम्बन्धित ग्रहको प्रभावमा आएर त्यस ग्रहका अनुसार कार्य गर्दछ । राहुको सम्बन्धमा एउटा कुरा अवश्य विचारणीय छ कि राहु जुन ग्रहको सम्पर्कमा हुन्छ त्यस ग्रहको अंश राहुदेखि न्यून छ भने राहु प्रभावी हुन्छ। | जवकि राहुको अंश थोरै भए उक्त ग्रहको प्रभाव धेरै हुन्छ अर्थात राहु निस्तेज हुन्छ । त्यस्तो स्थितिमा कालसर्पयोगको प्रभाव न्यूनतम रहनेछ। कालसर्पयोग राहुदेखि केतु एवं केतुदेखि राहुतर्फ बन्दछ । यहाँ विचारणीय यो हो कि राहुदेखि केतुको तर्फ बनेको योग नै प्रभावकारी हुन्छ, जबकि केतुदेखि राहुको तर्फ बनेको योग निष्प्रभावी हुन्छ । यहाँ यो पनि भत्र सकिन्छ कि केतुदेखि राहुतर्फ बनेको योगलाई कालसर्पयोगको संज्ञा दिनु उपयुक्त हुँदैन ।
वैज्ञानिकरूपले यदि कालसर्पयोगको व्याख्या गर्ने हो भने जन्मांग चक्रमा राहु केतुको स्थिति जैलेपनि आफ्नो सामनेको हुन्छ। जब अन्य सबै ग्रहहरू राहु-केतुको मध्य अर्थात् प्रभाव क्षेत्रमा आँउछन् तब ती आफ्ना प्रभावलाई त्यागेर राहु-केतुको चुम्बकीय क्षेत्रले प्रभावित नभई रहन सक्दैनन् अतः राहु-केतुको गुण-दोषको प्रभाव पर्नु अवश्यम्भ हुन्छ। राहु-केतु जैलेपनि बक्र गतिले हिँड्छन् । यिनमा बाम गोलार्ध र दक्षिण गोलार्ध भत्रे दुई स्थितिहरू बन्दछन्। राहुको बायाँ भाग काल कहलाउछ । यसै कारण राहुदेखि केतुको तर्फ बत्रेवाला योग नै कालसर्पयोगको श्रेणीमा आउँछ । केतुदेखि राहुको तर्फ बत्रेवाला योगलाई अनेक दैवज्ञहरूद्वारा कालसर्पयोग मानिएको छैन । यति अवश्य हो कि कालसर्पयोगको निर्माण कुनै न कुनै पूर्वजन्मकृत दोष अथवा पितृदोषको कारणले बन्दछ |
निम्न चक्रद्वारा कालसर्पयोगलाई स्पष्टरूपले सम्झन सकिन्छः-
उदित गोलार्ध कालसर्पयोग जन्मदेखि नै प्रभावकारी हुन्छ, जबकि अनुदित गोलार्ध कालसर्पयोगको प्रभाव गोचरमा ग्रहहरू राहुको प्रभावमा आउँदा हुन्छ । अतः उदितको प्रभाव धेरै भयावह भएको देख्नमा पाइन्छ । कुनैपनि जन्म-पत्रिकामा कालसर्पयोगको निर्धारण अत्यन्त सावधानी पूर्वक् गर्नु पर्दछ । केवल राहु-केतुको मध्यमा ग्रहहरूको हुनु पर्याप्त हुँदैन। यहाँ अनेक यस्ता विन्दुहरू छन् जसको ध्यान नराख्ने हो भने हाम्रो दिशा एवं जातकको दशा खराब हुनमा । धेरै समय लाग्दैन । सर्व प्रथम कुण्डली विचार गर्दा यो देख्नु कि कालसर्पयोग कुन भावदेखि कुन भाव पर्यन्त तथा ग्रहहरूको भाव के छ ? त्यस भावमा ग्रहहरूको स्थिति कस्तो बनेको छ तथा ग्रहहरूको युतिको कस्तो प्रभाव परेको छ ।
यदि राहुको साथमा कुनै अन्य ग्रहहरूको युति भएको छ भने यहाँ यो देख्नु कि युतिवाला ग्रहको अंश राहुभन्दा थोरै छ या फेरि धेरै ? यस्तो स्थिति भएको भए राहुको न केवल प्रभाव कम हुन्छ अपितु कालसर्पयोग भंग हुनसक्छ । यो स्थिति तब हुन्छ जब कुनै ग्रह राहु-केतुको पकडदेखि बाहिर निस्केको हुन्छ ।
यहाँ एउटा ध्यानदिनुपर्ने कुरा के हो भने कालसर्पयोग संधै कष्टकारक मात्रै हुँदैन अपितु यदा-कदा त यी यति धेरै अनुकूल हुन्छन् कि व्यक्तिलाई केवल विश्वस्तरमाथि प्रसिद्धि होइन अपितु सम्पत्ति, वैभव, नाम, प्रसिद्धि पनि दिने हुन्छन्। हजुरले विश्वका महापुरुषहरूको जन्म पत्रिका अध्ययन गर्नुभयो भने पाउनु हुन्छ कि उनीहरूको कुण्डलीमा कालसर्पयोग हुँदाहुँदै पनि तिनीहरू प्रसिद्धिको सिखरमाथि पुगेका छन् । यति अवश्य छ कि उनीहरूको जीवनमा कुनै न कुनै पक्ष यस्तो अवश्य रहेको हुन्छ जो अपूर्णताको प्रतिक बनेको हुन्छ । कालसर्पयोगबाट डराउनु तथा भयक्रान्त हुनु आवश्यकता छैन । किनकि जन्म कुण्डलीमा अनेक यस्ता शुभयोगहरु पनि बनेका हुन्छन्जसका कारणले गर्दा कालसर्पयोग निष्प्रभावि हुन्छ । जस्तो कि पंच महापुरुषयोग, बुधादित्ययोग तथा कल्पवृक्षयोग आदि, जसको कारण कालसर्पयोगको प्रभाव अत्यधिक नभएर अल्पकालिक हुन्छ । यदि हजुर विश्वका सफलतम व्यक्तिहरूको अध्ययन गर्नु भयो भने अवश्य नै प्राप्त गर्नुहुनेछ कि उनीहरूलाई कालसर्पयोगले नै उच्चतम ऊँचाईमाथि पुराएको छ ।
कुनैपनि व्यक्तिको जन्म-कुण्डलीमा कालसर्पयोग बनेको छ भने यो जात्रु कि त्यो परिवारका अन्य कुनै सदस्यहरूमा पनि यो योग देनमा पाइन्छ । किनकि यो एउटा अनुबन्धित ऋण हो, जो हामीलाई आफ्ना पूर्वजहरुदेखि नै मिल्दछ तथा यसका कारण परिवारका सबै सदस्यहरू कुनै न कुनै रूपमा प्रभावित हुन्छन्र यसलाई नै पितृदोषको नाम दिने गरिन्छ । यदा-कदा यस्तो देख्नमा आउछ कि दैवज्ञद्वारा व्यक्तिलाई यति धेरै डराउन दिइन्छ कि त्यो ठीक ढंगले सुत्न पनि सक्दैन जबकि कुण्डलीमा कालसर्पयोगको केही प्रभाव थिएन या फेरि आंशिक प्रभाव परेको थियो, जसको सहज नै निदान ( उपाय ) गर्न सकिन्थ्यो । अतः कालसर्पयोगको निर्णय कुनै योग्य दैवज्ञद्वारा जाँच गराएर त्यसको निदान गराउनु पर्दछ । हाम्रा समाजमा यस्तापनि व्यक्तिहरु छन् जो निर्लिप्त भावले बिना प्रलोभन गरी ज्योतिषको सेवा गरेका छन् । ज्योतिषको नाममा ठगी गर्ने, दोकानदारी चलाउने यस्ता दैवज्ञहरुबाट बच्ने प्रयास अवश्य गर्नुपर्दछ ।
कालसर्पयोगको प्रकारः-ज्योतिषमा १२ राशिहरू हुन्छन् जसको आधारमा १२ नै लग्न पनि हुन्छन् । यिन्का विविध योगहरूका आधारमा कुल २८८ प्रकारका कालसर्पयोग निर्मित हुन सक्छन्। तर प्रमुख रुपले भावका आधारमा कालसर्पयोग १२ प्रकारका हुन्छन्, जसको नाम एवं प्रभाव निम्नानुसार दिएको छ |
१. अनन्त नामक कालसर्पयोग:-लग्नदेखि लिएर सप्तम भाव पर्यन्त राहु-केतुको बीचमा या केतु- राहुको बीचमा ग्रह भए "अनन्त नामक कालसर्पयोग” बन्दछ । यस्ता व्यक्तिलाई जीवनमा धेरै संघर्ष गर्नु पर्दछ । मानसिक अशान्ति, जीवनमा अस्थिरता, कपट बुद्धि र प्रतिष्ठा हानि। यसको प्रभाव यिनको गृहस्थ जीवनमा पनि पर्दछ । यिनको वैवाहिक जीवन कष्टमय रहन्छ । कुनै पनि काममा स्थायी हुने इच्छा रहँदैन ।
२. कुलिक नामक कालसर्पयोग:-द्वितीय भावदेखि लिएर अष्टम भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “कुलिक नामक कालसर्पयोग" बन्दछ । यस योगका कारण धनदेखि लिएर विभित्र कार्यमा संघर्ष गर्नुपर्दछ। आर्थिक पक्षमा धेरै संघर्ष, कर्कश वाणीले युक्त जसका कारण लडाई-झगडा हुनसक्ने, पारिवारीक विरोध, अपयश, परेशानि, विवाहमा विलम्वका साथै वैवाहिक जीवन पनि विच्छेद हुनसक्ने तथा खर्चको बाहुल्यता रहनेछ । विभित्र प्रयत्न गर्दा पनि सफलता प्राप्त हुन अलि कठिन नै हुन्छ।
३. वासुकी नामक कालसर्पयोगः-तृतीय भावदेखि लिएर नवम भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “वासुकी नामक कालसर्पयोग" बन्दछ । यस योगका कारण भाइ-बहिनीको तर्फबाट चिन्ता रहन्छ। पारिवारीक विरोध, मित्रहरुबाट धोका, भाग्यको प्रतिकूलता, व्यवसाय तथा नोकरीमा रोकावट हुन्छ। धर्म-कार्यप्रति नास्तिक भाव, कानूनी रोकावट, धन त कमाउने तर केही न केही बदनामी निरन्तर जोडिएको हुन्छ । यश, पद-प्रतिष्ठा र पराक्रमका लागि संघर्ष गरी राख्नु पर्दछ।
४.शंखपाल नामक कालसर्पयोगः-चतुर्थ भावदेखि लिएर दशम भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “शंखपाल नामक कालसर्पयोग" बन्दछ । यस योगका कारण सुखमा बाधा, वाहन, नोकर-चाकर समेतको निमित्त परेशानी रहन्छ। माता-पिता वा पतिको तर्फबाट कष्ट, व्यवसाय, नोकरी, विद्याध्ययन आदिमा रोकावट हुन्छ। व्यापार व्ययसायमा घाटाको सामना गर्नुपर्ने, वाहन, सेवक तथा कर्मचारीहरुलाई लिएर कुनै न कुनै समस्या निरन्तर रहने, आर्थिक स्थिति खराब, आफूले विश्वास गरेकोबाट विश्वासघात जान्छ ।
५. पद्म नामक कालसर्पयोगः-पंचम भावदेखि लिएर एकादश भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “पद्म नामक कालसर्पयोग" बन्दछ । यस योगमा जन्म लिने व्यक्तिहरुको विद्याध्ययनमा बाधा, सन्तान सुखमा कमी, सन्तानदेखि टाढा बस्नुपर्ने तथा गुप्त रोगसंग लड्नुपर्ने, असाध्यरोग हुन सक्ने जसका कारण चिकित्सा क्षेत्रमा अत्यधिक द्रव्यको हानि, दुर्घटना, मित्र तथा पत्नीबाट विश्वासघात, यदि सट्टा, चिठ्ठा, जुवा तासमा लत भए सम्पूर्ण धनको हानि, शिक्षा अपूर्ण, जसमाथि सर्वाधिक विश्वास त्यसैदेखि धोका, संघर्षपूर्ण जीवन तथा पुत्र सन्ता चिन्ता रहिरहन्छ ।
६.महापद्म नामक कालसर्पयोगः-षष्ठम भावदेखि लिएर द्वादश भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “महापद्म नामक कालसर्पयोग” बन्दछ। यस योगमा जन्म लिने व्यक्तिहरुको शरीरमा केही न केही रोग अवश्य रहन्छ। पत्नी विछोड, चरित्रमा लांछन्, शत्रुपक्षबाट निरन्तर कष्ट, आत्मबल कमजोर, प्रयत्न गर्दागर्दै पनि विमारीदेखि छुटकारा पाउन मुश्किल, यात्रा धेरै गर्नुपर्ने गुप्त शत्रुले निरन्तर षडयन्त्र गरी रहन्छन्, कार्यमा एवं निरन्तर संघर्ष गर्नाले प्रायः जीवन कष्टमय रहन्छ ।
७. तक्षक नामक कालसर्पयोगः-सप्तम भावदेखि लिएर लग्न (प्रथम) भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहु बीचमा सबै ग्रह भए “तक्षक नामक कालसर्पयोग" बन्दछ । यस योगमा जन्मलिने व्यक्तिहरुको वैवाहिक जीवन प्रायः तनावपूर्ण रहन्छ। जीवन संगीनिबाट विछोड, प्रेम प्रसङ्गमा असफलता हुनजान्छ । शत्रुदेखि जहिले पनि हानि, साध् रोगले जुझ्नुपर्ने, पदोत्रतिमा रोकावट, मानसिक चिन्ता, कुनै न कुनै कारणवश मानसिक परेशानी अथवा चिन्ताले पिछा छोड्दैन।
८.कर्कोटक नामक कालसर्पयोगः-अष्टम भावदेखि लिएर द्वितीय भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “कर्कोटक नामक कालसर्पयोग” बन्दछ । यस योगमा जन्मलिने व्यक्तिहरुका शत्रु धेरै हुन्छन्। स्वास्थ्यको चिन्ता रही रहन्छ, अल्पायु तथा दुर्घटनाको भय रहन्छ । शल्यक्रिया, विषको प्रकोप तथा अकाल मृत्यु आदि हुनसक्ने, व्यापारमा घाटा, नोकरीमा परेशानि, अधिकारीहरुसंग मन-मुटाव, मित्रदेखि हानि तथा साझेदारीमा धोका, कुनै कुरामा धन हानी साथै उधारो दिएको पैसा डुब्नसक्ने र बोलीमा पनि नियन्त्रण रहँदैन । जति परिश्रम गरे पनि परिश्रम अनुसारको फल प्राप्त हुदैन ।
९. शंखचूड’शंखनाद नामक कालसर्पयोगः- नवम भावदेखि लिएर तृतीय भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “शंखचूडः शंखनाद नामक कालसर्पयोग" बन्दछ । जस्ले गर्दा भाग्य दूषित अर्थात् भाग्योदयमा विलम्ब, नोकरी अथवा अगाडि बड्नमा रोकावट, मित्रहरु द्वारा कपटपूर्ण व्यवहार, परिवार तथा अधिकारी कर्मचारीसंग मन-मुटाव, व्यापारमा घाटा, सुखमा कमी, नेतृत्व गर्ने क्षमता कम, नोकरीमा रोकावट हुनसक्ने डर रहन्छ । दिदी-बहिनी या मामा पक्षबाट कपट व्यवहार पनि हुनसक्छ । धेरै मेहनत गर्दा गर्दै पनि उचित सफलता हात लाग्न गाहुन्छ।
१०.पातक नामक कालसर्पयोगः-दशम भावदेखि लिएर चतुर्थ भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “पातक नामक कालसर्पयोग" बन्दछ । यस योगमा जन्म लिएका व्यक्तिहरु यदि व्यापारि भए व्यापारमा घाटा, सन्तान पक्षमा विमारी, दशम र चतुर्थ भावबाट माता - पिताको विचार गर्ने गरिन्छ अतः माता-पिता, हजुर तथा हजुर आमासंग वियोग, यो अवस्था राहुको महादशा तथा अन्तर्दशामा सम्भाव्य हुन्छ । भागीदारीमा मनमुटाव, सुख प्राप्तिको लागि ज्यादै संघर्ष गर्नुपर्ने हुन्छ । जसले गर्दा व्यावसाहिक एवं गृहस्थ जीवन कष्टमय रहन्छ ।
११.विषाक्त विषधर नामक कालसर्पयोगः-एकादश भावदेखि लिएर पंचम भाव पर्यन्त राहु-केतुको बीचमा या केतु- राहुको बीचमा सबै ग्रह भए “विषाक्तः विषधर नामक कालसर्पयोग" बन्दछ । यस योगका कारण ज्ञानार्जनमा दुविधा रहन्छ। उच्च शिक्षामा बाधा तथा स्मरण शक्तिको ह्रास हुन्छ । नेत्रपीडा, हृदयरोग, बन्धुविरोध, अनिद्रारोग, जन्मस्थानदेखि टाढा बस्न बाध्य, कुनै लामो विमारी, आफ्ना वंशमा झगडा हुन्छ । हरेक कुरामा नराम्रै नराम्रो जान्छ ।
१२. शेषनाग नामक कालसर्पयोगः-द्वादश भावदेखि लिएर षष्ठम भाव पर्यन्त राहु-केतुको बीचमा या केतु-राहुको बीचमा सबै ग्रह भए “ शेषनाग नामक कालसर्पयोग" बन्दछ । यस योगका कारण जन्म स्थान वा देशबाट टाढा भए पनि सधैं संघर्षशील स्थिति, आँखा दुख्ने, निद्रा नलाग्ने, शत्रु धेरै निरन्तर हानि, जिन्दगीमा बदनामी, आँखाको शल्यक्रिया गर्नु-पर्नसक्ने, अदालत आदि कानूनी क्षेत्रमा पराजय तथा अन्तिम जीवन रहस्यपूर्ण बनी रहन्छ। यस्तो कुण्डली हुनेहरुको भित्री शत्रु रहन्छन्तर मृत्यु पश्चात् ख्याति प्राप्त गर्दछन् । विभित्र प्रकारका बाधै बाधाहरु देखापर्दछन् तर सफलता मिल्नमा अलि कठिनाई नै हुनेछ ।
कालसर्पयोगको लक्षणः-
सर्पहरु देखिन्छन्। सर्पयोगले प्रभावित व्यक्ति आफ्नो कार्यमा अथक परिश्रम गर्दापनि आशातीत सफलता प्राप्त गर्न सक्दैनन् । निरन्तर मानसिक तनावले ग्रस्त रहन्छन् जसका कारण सही निर्णय लिनमा असमर्थ रहन्छन्। अकारण व्यक्तिहरूसंग शत्रुता मोड लिने हुन्छन्। गुप्त शत्रु शक्रिय रहन्छन् जस द्वारा कार्यमा अवरोध हुन्छ । पारिवारीक जीवन कलहपूर्ण हुन्छ। विवाहमा विलम्ब या वैवाहिक जीवनमा तनावको साथ विच्छेदको स्थिति निर्मित हुन जान्छ ।
सर्वोधिक अनिष्टकारी समयः-
व्यक्तिको जीवनमा सर्वाधिक अनिष्टकारी समय निम्न अवस्थामा हुन्छ-
१. राहुको महादशा, राहुको प्रत्यन्तर दशा अथवा शनि, सूर्य तथा मंगलको अन्तर्दशामा ।
२. जीवनको मध्यकाल लगभग ४० देखि ४५ वर्षको आयुमा ।
३. ग्रह गोचरको समय कुण्डलीमा जब जब कालसर्पयोग बन्दछ।
उपर्युक्त अवस्थामा कालसर्पयोग सर्वाधिक प्रभावकारी हुन्छ एवं व्यक्तिलाई त्यो समय शारीरिक, मानसिक, पारिवारीक, आर्थिक, सामाजिक तथा व्यावसायिक इत्यादि क्षेत्रहरूमा कठिनाईको सामना गर्नुपर्दछ ।
कालसर्पयोग शान्तिको उपायः- सर्वोत्तम उपाय भनेको श्रीमद्भागवत महापुराणको दशमस्कन्धको १६ अध्यायको २१ आवृत्तिपाठ गराउनु श्रीविष्णुसहस्रनामस्तोत्र पाठ गर्नु हो।
१.कालसर्पयोगको सर्वमान्य शान्तिको उपाय रुद्राभिषेक श्रावण महिनामा अवश्य गर्नुपर्दछ ।
२.बगेको जलमा विधान पूर्वक पूजागरी दूधले पूरित चाँदीका नाग-नागिनको जोडा प्रवाहित गर्नु।
३.कुनैपनि तीर्थस्थलमा गएर तर्पण एवं श्राद्धकर्म अवश्य सम्पत्र गर्नु ।
४.कालसर्पयोगमा राहुको शान्तिको उपाय रात्रिको समयमा गर्नुपदेछ । राहुको सबै पूजा शिव मन्दिरमा रात्रीको समयमा या फेरि राहुकालको समयमा गर्नु।
५.राहुको हवन हेतु दुर्वा (दूवो) को उपयोग आवश्यक हुन्छ । राहुको पूजामा धूप एवं अगरवत्तीको उपयोग नगर्नु। यसको स्थानमा कपूर, चन्दन तथा इत्र उपयोग गर्नु ।
६.शिवलिंगमाथि मिश्री एवं दूध अर्पित गर्नु र शिवताण्डव स्तोत्रको नियमित पाठ गर्नु ।
७.घरको पूजन-कक्षमा भगवान् श्रीकृष्णको मोरपंखयुक्त मूत्र्तिको नियमित पूजन गर्नु ।
८.शिव पंचाक्षर “ॐ नमः शिवाय” मन्त्रको नियमित १०८ पटक जप गर्नु, नियमित मूला दान एवं बगेको पानीमा कोइला प्रवाहित गर्नाले स्थायी शान्ति प्राप्त हुनेछ ।
९.मुसुराको दाल एवं केही द्रव्य सफाई गर्ने कर्मचारीलाई प्रातःकाल दिनु।
१०.निम्न नवनागस्तोत्रको नौ पाठ प्रतिदिन गर्नु-
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम् । शङ्खपालं धृतराष्ट्रं तक्षकं कालियं तथा।।
एतानि नव नामानि नागानां च महात्मनाम् । सायंकाले पठेत्रित्यं प्रातःकाले विशेषतः ।।
निवारणको अन्य उपाय:-
१.प्रथम भाव = घाँटीमा निरन्तर चाँदीको चौकोर टुक्रा धारण गर्नु ।
२.द्वितीय भाव= घरको उत्तर पश्चिम कोणमा सरसफाई गरी माटाको भाँडामा पानी भर्नु । प्रतिदिन पानी ताजा भर्नु र बदलेको पानीलाई चौराहमा लगी फाल्नु ।
३.तृतीय भाव= आफ्नो जन्मदिनमा भेली, गहुँ तथा तामाको दान गर्नु।
४.चतुर्थ भाव= प्रतिदिन बगेको पानीमा दूध बगाउनु ।
५.पंचम भाव= घरको ईशानकोणमा सेतो हात्तीको मूत्र्ति राख्नु ।
६.षष्ठम भाव= प्रत्येक महिनाको पंचमी तिथिमा एउटा नरीवल बगेको पानीमा प्रवाहित गर्नु ।
७.सप्तम भाव= माटाको भाँडामा दूध राखि निर्जन स्थानमा लगेर राख्नु ।
८.अष्टम भाव = प्रतिदिन कालो गाईलाई भेली, रोटी, कालो तिल र मासको दाल खुवाउनु ।
९.नवम भाव= शिवरात्रीको दिन १८ वटा नरीवल सूर्योदयदेखि सूर्यास्तहुनु पूर्व १८ मन्दिरमा लगेर
दिनु । यदि १८ मन्दिर नजीकमा नभए पुनः तिनै मन्दिरमा क्रमशः दान गर्न सकिन्छ ।
१०.दशम भाव= कुनै महत्वपूर्ण कार्यगर्न घरबाट बाहिर जाँदाको समय कालो मासको दाना आफ्नो शिरदेखि पाउसम्म सात पटक घुमाएर भुईमा छरिदिनु ।
११. एकादश भाव= प्रत्येक बुधवार घरको सफाई गरी कुडा-कचरा बाहिर लगि फाल्नु र त्यो दिन फाटेको कपडा लगाउनु ।
१२.द्वादश भाव= प्रत्येक अमावस्याको दिन कालो कपडामा कालो तिल, दूधमा भिजाएको जौ, नरीवल एवं कोइला बाँधेर जलमा बगाउनु ।
शिवपंचाक्षरमन्त्र एवं शिवपंचाक्षर स्तोत्रको नियमित जप एवं पाठ गर्नाले तथा कालसर्पयन्त्रको नियमित पूजन, शिवलिंग तथा चित्रमा चन्दनको इत्र लगाउनाले शान्ति प्राप्त हुन्छ । लगातार ४५ दिनको अनुष्ठानले निश्चित शान्ति दिन्छ। अनुष्ठानको समय अथवा मन्त्रजपको समयमा केवल इत्र एवं कपूरको नै प्रयोग गर्नु किनकि अगरवत्तीको धुवाँ तथा दीपले नागलाई गर्माहट मिल्दछ, जस कारण ती क्रोधित हुन्छन् अतः यी वस्तुको उपयोग नगर्नु।
कालसर्पयोगको शान्ति कुनै पवित्र नदीतट, नदीसंगम, नदी किनाराको श्मशान घाट, नदी किनारामा स्थित शिव मन्दिर अथवा कुनैपनि नाग मन्दिरमा गर्नु पर्दछ । कहीं-कहीं त यो पनि देख्नमा आउँछ कि अनेक दैवज्ञहरूले यजमानको घरमा नै कालसर्पयोगको शान्ति गराई दिन्छन् । यसो गर्नु ठीक होइन । रुद्राभिषेक त घरमा गर्न सकिन्छ कालसर्पयोगको शान्ति निवासस्थलमा कहिल्यै पनि गर्नु हुँदैन ।
शिवपंचाक्षर स्तोत्र:-
नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय ।
नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय ।।
मन्दाकिनीसलिलचन्दनचर्चिताय, नन्दीश्वरप्रमथनाथमहेश्वराय।
मन्दारपुष्पबहुपुष्पसुपूजिताय तस्मै मकाराय नमः शिवाय ।।
शिवाय गौरीवदनाब्जवृन्द- सूर्याय दक्षाध्वरनाशकाय ।
श्रीनीलकण्ठाय वृषध्वजाय तस्मै शिकाराय नमः शिवाय।।
वसिष्ठकुम्भोद्भवगौतमार्य - मुनीन्द्रदेवार्चितशेखराय ।
चन्द्रार्कवैश्वानरलोचनाय तस्मै वकाराय नमः शिवाय ।।
यक्षस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय ।
दिव्याय देवाय दिगम्बराय तस्मै यकाराय नमः शिवाय ।।
पंचाक्षरमिदं पुण्यं यः पठेच्छिवसत्रिधौ। शिवलोकमवाप्नोति शिवेन सह मोदते ।।
Liked by: