ब्लग - साहित्यकथा तथा उपन्यासहरू
Niraj Dahal · Sep १२, २०१६
म एकाएक छाँगाबाट खसेझैँ भएँ।रक्तप्रवाह शुन्य शुन्य भएझैँ लाग्न थाल्यो।आफैले आफ्नो शरीरको भार थेग्न नसकेझैँ भयो,एकाएक म भुँईमा पछारिएँ।
पार्श्वमा `विकास सर! ह्वाट ह्यापन्ड?´सुरिताको आवाज गुञ्जिरहेको थियो।मैले चाहेर पनि आफ्नो मुख फोर्न सकिनँ।त्यस हविगतको बारेमा बताउन चाहाँदा चाहाँदै पनि म अवाक भएँ।घाँटीमा केही ठुलै चिजले थिचिरहेको भान भैरहेको थियो।मानौं मेरो घाँटिको `भोकल कर्ड´को बाटो भएर हजारौँ टनको रेल कुदिरहेको छ जस्को दबाबले मेरो घाँटीको नशा च्यापिएको छ।म टुलुटुलु हेरिमात्र रहेको थिएँ,शायद भिजेका आँखाले...।