लगभग एक वर्ष लाइनमा उनलाइ देख्दा मैले ज्योतिको पंख उचालिन । जय जय नेपाल पनि भनिनं कि, तर सुन्दर र शान्त नेपाल चैं देखें । के नेपाल मात्रै ? संसारै देखें, मैले राष्ट्रीय गीत सित प्रेम गीत पनि गाएँ ।
समुन्द्र किनारमा बसेर मोबाइलमा रेन्डम गित सुनिरहदा नारायण गोपाल को "तिमीलाइ भुल्दा म एक्लो परेछु" भन्ने गीतले मलाइ एक्लो बनायो । एकाएक बाल्यकाल सम्झें, अनि उनकै याद आयो...
'लाइन बस्ने' भनिन्थ्यो, स्कुल मा क्लास शुरु हुनु पहिले लाइन बस्नु पर्थो । शिशु कक्षा देखि पाँच कक्षासम्मका सबैगरी छ वटा लाइन हुन्थ्यो । 'गोडाफार, एटेन्सन' गरेर खुट्टा पड्काउनु पर्थ्यो । केटीहरु अगाडी अनि केटीहरुका पछि केटाहरुको क्रमिक लाइन, एकै स्वरमा गाइन्थ्यो ।
गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल..
त्यसपछि कक्षा पिच्छै पालैपालो कक्षा कोठाभित्र जानु पर्थो । एउटी टेंढि केटी थिर्इ, नाम थाहा छैन, उ मामाघर बसेर हाम्रो स्कुलमा पढ्थी, आखाँ एउटा सानो अलि चिम्सि चिम्सि ।
गाजल लगाउँथी, रिबनले कपाल बाटेकी हुन्थी । उ त्यसबेला पाँच कक्षामा पढ्थी अनि म भने चारमा । लाइन बस्दा देख्थें, उसले पनि देख्थि । त्यसपछि पनि लुकी-लुकी हेर्न जान मन लाग्थ्यो, तर कहिल्यै गइन, जान्नथें ।
शहर जाँदा गाडी चढें, फस्ट टाइम् ! गाडी भन्दा ड्राइभर देखेर चकित भएको थिएँ, यत्ति प्रभावित कि २-३ सालसम्म ठूलो भएर ड्राइभर बन्ने र बस चलाउने कल्पना गरिबस्थें । पाइपलार्इ गोलो पारेर स्टेरिगं बनाइन्थ्यो अनि पुरानो चप्पलको पाग्राँ बनाएर निकै गाडी चलाइयो । पछि गाऊँमै मोटर जान थाल्यो । ड्राइवरले चस्मा लगाएको थियो अब मलाइ पनि चस्मा चाहिने भयो, कहाँ पाउनु? पछि चैं पाएं, ठुलो गोलो चस्मा सन्दुकमा फेला पर्यो, बुबाको रहेछ । तर, लगाएर यता उति हेर्यो कि खसीहाल्थो, के गरूँ, के गरूँ ? आइडिया मास्टर थें नि !
फ्रेमबाट मसिनो कालो धागो बाँधेर टाउको पछाडी बाँधे पछि त टाउको मै अड्किन्थो, अब म चस्मावाला ड्राइवर पनि बनें । पछि स्टेरिगं पनि बदलियो - प्लास्टिकको बाल्टिनको बिर्को, ठ्याक्क कम्मरमा पेटी बाँध्यो, त्यसमा टुपुक्क अड्किन्थो त्यो, अनि बाटो हेरेर दायाँ बायाँ घुमायो । म 'परफेक्ट' डाइबर थें, सुतेपछि निदाउनु अघि पनि आखाँ चिम्म पारेर ड्राइभर बन्थें, यो सबको एकै उद्देश्य हुन्थो, उनलाइ ड्राइवर सिट नजिकै राख्ने । उनलाई आफूसितै लैजाने धोको राखेर कल्पना गरें प्रायः गरीरहन्थें ।
जसले प्रभावित गर्थो त्यस्तै बन्न मन लागिहाल्ने । यदि ड्राइभर नभएर डाक्टर देखेको भएँ म पक्कै डाक्टर बन्थें होला, डाक्टर भएकै सपना देख्थें होला अनि उनकै उपचार गर्थें, उनकै नाडी छाम्थें, छाती छाम्थें, निधार सुम्सुमाउथें... पाइलट देखेको भए कति पटक हवार्इ जहाजमा चढाएर घुमाउथें, गाउतिर बत्ति जान्थेन, टीभी हुने त कुरै हुन्नथ्यो । टीभी हु्न्थ्यो भने फिल्म पनि हेरिन्थ्यो होला अनि म हिरो बनेर उनलार्इ हिरोइन बनाइहाल्थें नी । तर मैले त ड्राइवर नै देखें अनि उनिसंगको लामो यात्रा छिचोलें ।
नाम पनि थाहा छैन, गोरो गोलाे गाला याद छ, अलि डेढो आखाँ याद छ । बेला-बेला सपनामा मलाइ त्यहि आखाँले एैंठन पार्छ अनि मध्य रातमा कराउन मन लाग्छ । जोन लेनन ले जसरी, "ओ योको ! ओ योको !"
In the middle of the night...
In the middle of the bath...
In the middle of a shave...
In the middle of a dream....
In the middle of a cloud ...
I call your name...
Oh Yoko ! Oh Yoko...
My love will turn you on..
म बेला-बेला कुनै मिठो चिज खोज्न चाहन्छु, सोंच्न चाहन्छु, अनि उनकै याद आउँछ ।
कल्पना र स्मृति भन्दा मिठो केहि हुन्न रहेछ, तर मलाइ यो त्यस्तो प्रेम हो जस्तो लाग्दैन जसलाइ दुनियाँले प्रेमको नाम दिएको छ । म त्यसलाइ दिमागमा हुने थोरै सुन्दर चिज मध्ये को एउटा मान्दछु । आत्मा सित जोडिएको एउटा स्मृति हो यो, सधैं सम्झिरहन्न पनि । महिनौंमा एक चोटी सम्झन्छु होला तर अाज वर्षौं पछि सम्झिएँ । उसो त मिठा कुराको खोजी हिड्ने, सम्झिबस्ने समय नै कहाँ मिल्छ र यो धर्तीमा ? जतिबेला प्रेम, यौनकुण्ठा , स्वार्थ, प्राप्ति-अप्राप्तिसंग जोडिएर कूरुप भएको पढ्छु, सुन्छु र देख्छु ! मलाइ सम्झना आउँछ । मेरो अवचेतनमा लेखिएको प्रेमको अर्थ हो यो, प्रेमको 'डिफल्ट एक्जाम्पल' भनुन ।
लगभग एक वर्ष लाइनमा उनलाइ देख्दा मैले ज्योतिको पंख उचालिन । जय जय नेपाल पनि भनिनं कि, तर सुन्दर र शान्त नेपाल चैं देखें । के नेपाल मात्रै ? संसारै देखें, मैले राष्ट्रीय गीत सित प्रेम गीत पनि गाएँ ।
दिमाग कच्चै भएर कल्पना धेरै फस्टाएन । शरिर बालक भएर यौन को कुनै गन्ध मिसिएन । चाहना र आवश्यकता बारे ज्ञान नभएर पाउने नपाउने कुरा को अर्थ नै थिएन ।
ला ! लेखिरहन मन थियो, पानी पर्न थालो.. छाता पनि छैन, रेनकोट पनि नाँई । एअरफोन मा पुरानो गीत बज्न शुरु भो ।
कभि मुझको हसायी
कभि मुझको रुलायी
मेरे सपनो मे आर्इ
मेरे दिलको चुरार्इ
मुझे कितने सताती है....
वह लड्की बहुत् याद आती है....
मेरो त मोबाइलको स्क्रीन भिज्यो । मोबाइल सित आखाँ पनि पुछ्नु छ।
जाँदा जाँदै एक बात् बतादूँ, "लगभग एक साल पछि एक दिन स्कुल बिदा भएको थियो । एउटी छात्राको असामयिक मृत्युको कारण । त्यस पछि मैले उनलाइ कहिल्यै देखेको छैन....."
-राजु पुडासैनी
चार्टर्ड अकाउण्टेण्ट
मुम्बर्इ, महाराष्ट्र, भारत
rajupudasaini1993@gmail.com
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: