World Press Freedom Dayy | Hamro Patro

ब्लग - साहित्य / विशेष दिनहरू

विश्व प्रेस स्वतन्त्रता दिवस





विश्व प्रेस स्वतन्त्रता दिवस
सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता दिवस मा यूनेस्को ले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा एक विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै छ । वर्ष २०२५ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३२ वर्ष पूरा हुँदै छ ।

हरेक मे ३ तारिखमा मनाइने यस वर्षको दिवसको नारा “Reporting in the Brave New World ” तय भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को मुख्य कार्यक्रम "नयाँ साहसी संसारमा रिपोर्टिङ: प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव" भन्ने शीर्षकमा २०२५ मे ७ मा बेल्जियमको ब्रसेल्सस्थित बोजार (Bozar) कला केन्द्रमा आयोजना हुनेछ। यस कार्यक्रममा पत्रकारिता, मिडिया, र मानव अधिकारमा कृत्रिम बुद्धिमत्ता (AI) को गहिरो प्रभावबारे छलफल गरिनेछ।

विश्व प्रेस स्वतन्त्रता दिवसको पृष्ठभूमि
हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन मनाइने मिति हो। सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो। यो सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिवस पनि हो ।

यस दिवसको औचित्य
३ मे ले सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको स्मारकको रूपमा कार्य गर्दछ र यो दिन प्रेसस्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूका बारेमा सञ्चारकर्मीहरूबिच प्रतिबिम्बित गर्ने दिन पनि हो। त्यस्तै महत्त्वपूर्ण रूपमा, विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रताको संयम वा उन्मूलनका लागि लक्षित मिडियालाई समर्थन गर्ने दिन हो।

आज के कस्ता कार्यक्रमहरू आयोजना हुँदै छन् ?
वार्षिक विश्व प्रेस स्वतन्त्रता दिवसमा ग्लोबल सम्मेलन आयोजना गरिने चलन छ । डिजिटल घेराबन्दीमा पत्रकारिता’ भन्ने नाराका साथ डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका विषयमा पनि छलफल हुनेछ ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२३ ले नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक सरोकारवालाहरूलाई यी मुद्दाहरूको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता र गोपनीयतामा बढेको निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न ठोस समाधानहरू विकास गर्न बल पुग्नेछ ।

-हाम्रो पात्रोका लागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.