Chaturvedi Mohanraj३८२ हप्ता अघि
नारी दिवस लाई सम्मान।
पृथ्वी हाै तिमी
सहन शील देखाई दिन्छाै
सदा मन मनकाे छेउमा बसेर
सन्सारी जनलाई सम्माल्ने
छाया हाै तिमी
सिलत मन बनाई दिने।
पानी हाै तिमी ।
महानतामा तिमी हिमाल चूली भन्दा अग्ली छाै
सहनतामा तिमी सागर भन्दा गैह्री छाै
विश्व प्राणीले आघात पुराउँदा सम्म पनि
सरलतामा तिमी विशाल नाैनी भन्दा मीठी छाै ।
श्रृष्टी सजाउने तिमी
विरूद्धमा संहार गर्ने काली पनि तिमी
तिमी अनेक भावनामा बगेकी गंगा हाै ।
पृथ्वी हाै तिमी
गंगा हाै तिमी
प्रचण्ड अग्नी पनि बनिदिन्छाै तिमी
महामारी जस्ता उपद्राेकी रानी पनि तिमी
आकाश झैं शून्य माैन विशाल छाती भए की पनि तिमी
विश्व मायावी तिमी