नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व सिमसार दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
आपो हि ष्ठा मयोभुवस्ता न ऊर्जे दधातन।
महे रणाय चक्षसे॥
यो श्लोक ऋग्वेदः मण्डल १०, सूक्त ९० बाट लिइएको हो, जुन जललाई समर्पित (आपः सूक्त) का रुपमा ब्याख्या गरिएको छ। यसले जीवन र समृद्धिको आधारको रूपमा जलको पवित्रतालाई प्रकाश पार्छ। जलाशयहरूको रूपमा रहेका दलदले क्षेत्रहरू अर्थात् सिमसारहरु यस सिद्धान्तको प्रतीक हुन्। यी क्षेत्रहरू जैविक बासस्थान, सिँचाइको स्रोत, र जलचक्रका महत्त्वपूर्ण अङ्गका रूपमा काम गर्छन् भनेर शास्त्रमा पनि भनिएको छ।
सिमसार–भूमि : नेपाललाई प्रकृतिको वरदान
आउनुहोस्, आज केही पर्यावरणीय, अनि भौगोलिक विषय बहस गरौँ । आज ‘विश्व–सिमसार दिवस’ हो । विश्वको पर्यावरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
Protecting Wetlands for Our Common Futureअर्थात् हाम्रो साझा भविष्यको रक्षार्थ सिमसार क्षेत्रहरु भन्ने नाराका सन् २०२५ को ‘विश्व सिमसार दिवस’ मनाँइदैछ ।
समुन्द्रले नछोएको भूपरिवेष्टित देश भए पनि नेपाल जलश्रोतमा सम्पन्न मानिन्छ । हामीसँग नदीनाला, ताल तलैया अनि कुवा, पोखरीसहित पानीको मात्रा धेरै छ ।
सिमसार भनेको के हो ?
सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको भू–भाग हो । जुन थलो ओसिलो र धापिला हुन्छ । अर्थात् बाह्रै याम पानी नसुक्ने भूमि हुन् । जसमा सामान्यतया दलदल या हिलो सधैँ कायम रहन्छ ।
खास गरी सिमसार वनस्पतिका आकर्षक भूमि र पन्छीका निम्ति आश्रय थलो मानिन्छ भने पानीको आधारदेखि जलाधारका स्रोत पनि । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा–चुँरुङ्गीहरुको पनि वासस्थान मानिन्छ ।

नेपालमा सिमसार क्षेत्र संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय के होला?
राष्ट्रिय सिमसार नीति, २०५९
राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।
हाम्रै वरपर अनि परिवेशभित्र रहेका कति सिमसार क्षेत्रहरूमा घर या कारखाना खोलिए होलान् ? प्लटिङ गरेर जग्गा तयार गरिँदै होलान् या अन्य प्रयोजनमा अतिक्रमण भए होलान् ? वास्तवमा भन्ने हो भने मानवीय विकास क्रम अनि पूर्वाधारहरूको अविवेकी विकास क्रमले नेपालमा सिमसार क्षेत्र नासिने दुष्चक्रमा परेका छन् ।
यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्तिकै मनमोहक र सुलभ नदेखिन सक्छन् । यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मिर्गौला पनि भनिन्छ ।
मिर्गौलाकै राम्रो संरक्षण गर्न नसकेमा पृथ्वी अनि यसमा बस्ने हाम्रो अस्तित्व कत्तिको सहज हुन्छ । विचार गरौँ । सिमसार क्षेत्र पर्यावरण, औषधि र कन्दमूलमा उपयोगी मानिन्छन् । अझ सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साईबेरियादेखि चराहरु आइपुग्छन् भन्ने अध्ययनहरूले देखाएको छ ।
यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । करिब ३ अरब संसारका जनसङ्ख्याहरूले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरूले उत्पादन गर्छन् । सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै भयावह छ ।
विश्व रामसार सूचीमा दर्ता भएका नेपालका १० वटा सिमसार
विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौ वटै तालहरू सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्त हुन् । हाम्रै पुराना अध्ययनहरूले नेपालमा ठुला–साना गरी ४ हजार नजिक सिमसार क्षेत्र छन् ।
यी महत्त्वपूर्ण सिमसारको विश्व स्तरमै संरक्षण गर्न सन् १९७१ मा जल पन्छीको वासस्थानसम्बन्धी सिमसार (राम सार) महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरू सामेल भएका छन् । नेपाल भने औपचारिक रूपमा सन् १९७१ मा उक्त महासन्धिको सदस्य भएको हो ।
त्यसअतिरिक्त सरकारले ‘सिमसार बुद्धिमत्तापूर्ण’ ढङ्गले प्रयोग गर्ने नीति सार्वजनिक गरिसकेको छ । सरकारी नीतिअनुरूप, मानव जातिको हितका लागि पारिस्थितिक प्रणालीका प्राकृतिक सम्पदाको जगेर्ना गर्न सिमसारको बुद्धिमत्तापूर्ण र दिगो प्रयोग गर्नुपर्दा राम सारमा सूचीकृत वा अन्य सिमसार क्षेत्रहरूको संरक्षण र व्यवस्थापन बुद्धिमत्तापूर्ण प्रयोग गर्नै तौर तरिका लागू हुनेछ । सिमसारमा आश्रित सङ्कटापन्न जीवजन्तु, जलचर, सापेक्षिक जङ्गली जनावर तथा अन्य जल आश्रित आनुवंशिक स्रोतको संरक्षण गरिनेछ ।
पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरू लोप हुने क्रममा छ । यस्ता अधिकांश सिमसार क्षेत्रहरू एसियामा पर्छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसात् गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो । नीतिअनुरूप राष्ट्रिय स्तरमा समन्वय गर्न सचिव स्तरमै कार्यदल व्यवस्था पनि छ । तथापि सिमसार क्षेत्रहरू जोखिममै छन् ।
पोखराका तालहरूलाई नै उदाहरणमा लिउ, हरेक वर्ष ताल खुम्चिँदै अनि बस्ती बढ्दै गइरहेको छ । ताल–किनारमा होटेल–घर निर्माणको क्रम बाक्लिँदो छ । त्यसरी अन्यत्र पनि भू–अतिक्रमण बढ्दै गइरहेको छ । त्यस कारण सिमसार क्षेत्र जोखिम परेका छन् । सिमसार क्षेत्र वरिपरि पूर्वाधार खडा गर्ने काममा सरकारले कडाइ गर्न सकेको पाइँदैन । त्यसअतिरिक्त सिमसार सुकाउने गरी अत्यधिक मात्रामा भूमिगत पानीको दोहन गर्ने कार्य पनि बढ्दै गएको छ । अतिक्रमणले गर्दा बर्सेनि सिमसार क्षेत्र घट्दै गएका छन् ।
आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तव्य हैन र ? कानुनको दायरा फराकिलो पार्दै यस्ता दोहन कार्यमा संलग्नहरूलाई कानुनी सजायको दायरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ, नत्र मानव समुदायको अस्तित्व सङ्कटमा छ । तपाई–हामी आफै सिमसार क्षेत्रको संरक्षण गर्न अघि बढ्न जरुरी छ ।
फेवु्रअरी–२ को ‘सिमसार दिवस’को अवसरमा सबैमा बहुमूल्य प्राकृतिक स्रोत संरक्षणमा हामी सबैमा चेतना आओस् । शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




२० माघ, काठमाडौं । इन्टरनेट ब्याण्डविथबापत २ वर्षको करिब ६ अर्ब बढी रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण आज इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने इन्टरनेट सेवामा...

काठमाडौं । इन्टरनेट सेवामा आएको समस्या हटेको छ । सबैजसो इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीको इन्टरनेटमा आइतबार बेलुकी समस्या देखिएको थियो । भारतको उत्तर प्रदेश र बिहार क्षेत्रमा अपस्ट्रिम प्रदाय...

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगरका सभापति अच्युतराज कलौनीको आज हिन्दू परम्पराअनुसार महाकाली नदीस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलौनीको पार्थिव शरीरमा गृहमन्त्री रमेश लेखक र...
म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० को हार बेहोर्दै समर्थकहरूबाट हूटिङ सहन बाध्य भएको छ। पाहुना टोलीका लागि जीन-फिलिप माटेटाले दोस्रो हाफमा दुई गोल गर्द...

काठमाडौं । भारतको उत्तर प्रदेश (यूपी) र बिहार क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा नेपालका इन्टरनेट सेवाप्रदायकहरू प्रभावित भएका छन् ।
काठमाडौँ। नेपालमा इन्टरनेटमा देशभर नै समस्या आएको छ । आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हो। इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुध...
काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसि...

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन टुङ्गिने बताएका छन् ।