नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
तिलकुन्द चौथी
आजको तिथिमा विवेक र ज्ञानका स्वामी भगवान् गणेशको जन्म भएको मानिन्छ । भगवान् गणेशप्रति समर्पण गरिएको यस तिल कुन्द चौथीको पावन अवसरमा सबैलाई स्वागत छ । माघ शुक्ल पक्षको यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथी का रूपमा पनि मनाइन्छ । पवित्र तिल र कुन्द अर्थात् गणेशको प्रिय चमेलीको फुल, आजका दिन तिल र चमेली फुलको सुगन्ध भएका परिकारहरू भगवानलाई अर्पण गर्ने चलन हुन्छ ।
यस दिन व्रत बस्ने र साँझमा गणेश र चन्द्रमाको पूजा गर्ने चलन छ ।
घरको उत्तर पूर्व दिशाको कुनामा पूजा आसन राख्ने र नरिवलको तेलमा दियो बालेर पूजा गर्ने, आरती गर्ने र ॐ गं गणेश्वराय विघ्ननायकाय नमः॥ मन्त्रलाई १०८ पटक जप गर्ने चलन छ ।
गणेशलाई प्रिय वस्तुका रूपमा तिलको मिठाइलाई लिइन्छ, आजका दिन गणेशलाई तिल कुट नाम गरेको तिलको लड्डु चढाउने चलन छ ।

तपाईंले तिल कुन्द चौथी व्रतको बारेमा पहिले सुन्नुभएको थियो ?
दुख् कष्ट निवारण गर्दे बाधा अड्चनहरूलाई हटाउन आजको दिनको पूजाको विशेष भूमिका रहने बताइन्छ ।
शास्त्रमा वर्णित छ कि बाधा हटाउने भगवान् श्री गणेशको नियमित पूजा गर्ने सबैको दुःखको अन्त्य हुन्छ । मंगलमूर्ति र पहिलो पूजा गरिने भगवान् श्री गणेशलाई "संकथरण" पनि भनिन्छ। तिलकुन्द चौथी को दिन व्रत बसेर भगवान् श्री गणेशको पूजा–आराधना गर्नाले सुख–समृद्धि, ऐश्वर्य–वैभव र आन्तरिक शान्ति प्राप्त हुन्छ । यति मात्र होइन, व्यापारमा सदैव समृद्धि र घरमा सुख समृद्धि रहन्छ।
शास्त्रमा वर्णित छ कि बाधा हटाउने भगवान् श्री गणेशको नियमित पूजा गर्ने सबैको दुःखको अन्त्य हुन्छ । मंगलमूर्ति र पहिलो पूजा गरिने भगवान् श्री गणेशलाई "संकथरण" पनि भनिन्छ। तिलकुन्द चौथी को दिन व्रत बसेर भगवान् श्री गणेशको पूजा–आराधना गर्नाले सुख–समृद्धि, ऐश्वर्य–वैभव र आन्तरिक शान्ति प्राप्त हुन्छ । यति मात्र होइन, व्यापारमा सदैव समृद्धि र घरमा सुख समृद्धि रहन्छ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




काठमाडौं – ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छ...

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल निर्वाचित भएकी छन् । समाजको हालै सम्पन्न २७औँ राष्ट्रिय परिषद् बैठकबाट उनी अध्यक्ष निर्वाचित भएकी हुन् ।...

सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन्। सुडानको नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्...

जलेश्वर । भारत, उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गरेर फर्कने क्रममा दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कोरपियो दुर्...

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पुर्याएको छ। पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षत...

काठमाडौं : गैरकानुनी रूपमा अमेरिका छिरेका तीन जना नेपाली निष्कासनमा परेका छन्। अमेरिकी अदालतको आदेशपछि उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेमा यमप्रसाद तिवारी, घनश्याम खत्री र भुपाल विक र...
काठमाडौँ। पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाडौँमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाडौँ स...

जर्मनीका पूर्वराष्ट्रपति होस्र्ट कोहलरको शनिबार निधन भएको छ । उनी ८१ वर्षका थिए । कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधनभएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ । प्रशिक्...