मुख्य सामग्रीमा जानुहोस्

धन त्रयोदशी व्रत (धनतेरस)

धन त्रयोदशी व्रत

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।


धनतेरसको व्रत बसेर आज पवित्र मन अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धनतेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छे अनुसार तपाईँले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ । मूर्ति लिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पासनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।

धनतेरसमा भाँडाकुँडा खरिद

तपाईँ धनतेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने स्टिल, तामा, पित्तल आदि जुन भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । आफ्नो लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाईंको घरमा विराजमान हुनुहुनेछ । धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु भने खरिद गर्नुहुँदैन ।

धनतेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ । आजको दिनबाट लक्ष्मी उत्सव सुरु हुने भएको हुनाले आज पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्त्वपूर्ण मानिन्छ। सम्पूर्ण नेपालीहरूलाई धनतेरसको मङ्गलमय शुभकामना।

यमदीपदान आरम्भ

यमदीपदान आरम्भ

विशेष अडियो सामग्री

सुन्न ट्याप गर्नुहोस्

तिहार पर्वको महत्वपूर्ण धार्मिक परम्परामध्ये यमदीपदान पनि एक हो। तिहारको सुरुवातसँगै गरिने यमदीपदानमा मृत्युका देवता यमराज र उनकी बहिनी यमुनाको स्मरण गर्दै दीप प्रज्वलन गर्ने धार्मिक मान्यता छ।

कार्तिक कृष्ण त्रयोदशीका दिन साँझ घरको मूल ढोकाबाहिर दक्षिण दिशातर्फ फर्काएर तेलको दीप बाल्ने चलनलाई यमदीपदान भनिन्छ। धार्मिक विश्वासअनुसार यसरी दीपदान गर्दा अकाल मृत्युबाट जोगिन तथा परिवारमा सुख, शान्ति र दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ।

यमदीपदानसँगै तिहारको पाँचदिने पर्व औपचारिक रूपमा सुरु भएको मानिन्छ। काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका मनाइन्छ। स्थानीय समुदाय र परिवारअनुसार यमदीपदान गर्ने विधि र परम्परामा केही फरक पाइन्छ।


यमदीपदान केवल धार्मिक अनुष्ठान मात्र नभई पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परा पनि हो। दीप प्रज्वलनमार्फत उज्यालो, सकारात्मकता र दीर्घ जीवनको कामना गर्ने यस परम्पराले तिहारको सुरुवातलाई अझ विशेष बनाउँछ।

प्रदोष व्रत

प्रदोष व्रत

विशेष अडियो सामग्री

सुन्न ट्याप गर्नुहोस्

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!

शिव गायत्री मंत्र


प्रदोष भनेको के हो ?

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?

पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरो, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।


प्रदोष व्रत कहिले गर्ने ?

प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।


प्रदोषमा के नगर्ने ?

प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्नुहोस्।

हाम्रो पात्रोबाट थप

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल

के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

गिटारका अत्यावश्यक माइनर कर्डहरू! 🎶

के तपाईं अनुमान गर्न सक्नुहुन्छ?