रमा एकादशी व्रत

रमा एकादशी व्रत
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
रमा को अर्थ
कार्तिक कृष्ण एकादशी वा रम्भा एकादशी वा रमा एकादशी कार्तिक महिनाको कृष्णपक्षको एकादशी हो। तिहारभन्दा केवल ४ दिनअघि यो एकादशी पर्छ। लक्ष्मी माताको अर्को नाम रमा पनि हो। यसकारण पनि लक्ष्मीनारायण भगवान् विष्णुका लागि यो एकादशीको महत्त्व धेरै रहन गएको छ। यो एकादशी यति महत्त्वपूर्ण छ कि यो दिन व्रत लिनाले १००० अश्वमेध यज्ञ र १०० राजशुया यज्ञहरू बराबरको फल मिल्छ भन्ने विश्वास छ।
रमा एकादशीको महात्म्य
महाभारतमा कृष्णले युधिष्ठिरलाई चन्द्रभागाको भक्तिको उदाहरण दिएर यस एकादशीको महात्म्य वर्णन गरेको पाइन्छ। चन्द्रभागा अनि उनका पिता मुचुकुन्द र पति शोभनासँग जोडिएर यस एकादशीको बयान भएको छ। रमा एकादशीको दिन राजा मुचुकुन्दले राज्यभरि सबैलाई उपवास लिन भनेका हुन्छन्। चन्द्रभागाले राजा शोभनासँग विवाह गरेपछि शोभनाले पनि यस एकादशीको व्रत त सुरु गर्छन्। तर सुस्तरी कमजोर हुँदै गएका राजा शोभनाको एक दिन मृत्यु हुन्छ।

पतिको मृत्युपछि चिन्ता र वियोगले चन्द्रभागा आफ्नै पिता मुचुकुन्दका घरमा अर्थात् माइतै बस्न थाल्छिन् । तर रमा एकादशी व्रतको प्रभावले राजकुमार शोभनाको इन्द्र राज्यसरह धनधान्य र सुखले युक्त मन्दराचल पर्वतमा पुनर्जीवन प्राप्त हुन्छ। एक दिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा घुम्दै जाँदा बाटो भुलेर मन्दराचल पर्वतमा पुग्छन्। त्यहाँ पुगेपछि उनले राजकुमार शोभनालाई अचानक देख्छन्। उनले शोभना कसरी मन्दराचल पुगे भन्ने सबै इति–वृत्तान्त जानकारी लिन्छन्। शोभनाले आफू ससुरालीमा हुँदाका सबै घटनावृत्तान्त सुनाउँछन्। रमा एकादशीको व्रतको प्रभावले आफूलाई यस्तो स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाउँछन्।
त्यसपछि चन्द्रभागाले मन्दराचल पर्वत पुगेर ती ब्राह्मणलाई आग्रह गर्छिन्। ब्राह्मणले पनि चन्द्रभागालाई मन्दराचल पुर्याएर वामदेव ऋषिका आश्रममा राख्छन्। वामदेव ऋषिले चन्द्रभागासँग सबै वृत्तान्त सोध्छन्। वेदमन्त्रहरूद्वारा चन्द्रभागालाई अभिषेक गरिदिन्छन्। रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरीर पनि दिव्य प्रज्वलित हुन्छ।
रमा एकादशी विधि
रमा एकादशीको व्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठी नित्य शुद्ध बनी निराहार व्रत बसी दान आदि कर्महरू पूरा गर्नुपर्छ। रमा एकादशी व्रतका अवसरमा भगवान् विष्णुलाई धूप, दीप, नैवेद्य, फूल एवं मौसम अनुसारका फलफूल चढाएर पूजा गरिन्छ। अरू एकादशी व्रतमाझैँ रमा एकादशीमा विष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ। कतिपय समुदायमा भने रमा एकादशी व्रतका समयमा एक समय मात्रै भोजन गर्ने चलन छ।
-सुयोग ढकाल
हाम्रो पात्रोबाट थप
अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल
के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

गिटारका अत्यावश्यक माइनर कर्डहरू! 🎶

के तपाईं अनुमान गर्न सक्नुहुन्छ?







