मुख्य सामग्रीमा जानुहोस्

विश्व शहरीकरण दिवस

विश्व शहरीकरण दिवस

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-Habitat) को आह्वानमा हरेक वर्ष अक्टोबर ३१ को दिनलाई विश्व सहरीकरण दिवसको रूपमा संसारभर मनाइन्छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले ‘उत्कृष्ट सहर, उत्कृष्ट जीवन’ लाई विश्व सहरीकरण दिवसको स्थायी विश्वव्यापी नाराको रूपमा निर्धारण गरी हरेक वर्षको अक्टोबर ३१ को दिन विश्व सहरीकरण दिवस मनाउन प्रारम्भ गरेको हो । UN-Habitat ले अर्बन अक्टोबर भनी वार्षिक एकमहिने अभियान सुरु गरेको छ। यस अभियानले दिगो सहरीकरणलाई प्रवर्द्धन गर्न, सहरी चुनौतीहरू सम्बोधन गर्न र विश्वभरका समुदायहरूलाई सहभागी गराउन जोड दिन्छ । यही अभियानअन्तर्गत अक्टोबर महिनाको अन्तिम दिनलाई विश्व सहरीकरण दिवसको रूपमा मनाइन्छ। पहिलो सहरीकरण दिवस अक्टोबर ३१, २०१४ मा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ मनाइएको थियो ।

तपाईंको विचारमा तपाईंको शहरको सबैभन्दा ठूलो समस्या कुन हो?

UN-Habitat का अनुसार सन् २०२६ अक्टोबर ३१ मा मनाइने विश्व सहरीकरण दिवसको विश्वव्यापी मूल समारोहको नारा ‘सहरको पुनरुत्थान: सबैका लागि पर्याप्त आवास’ रहेको छ । यस नाराले सबैका लागि पर्याप्त आवासको लक्ष्य हासिल गर्न सहरी पुनरुत्थानलाई उत्प्रेरकका रूपमा अघि बढाउने विषयमा जोड दिन्छ । यो नाराले क्षेत्रगत पुनरुत्थानलाई आवास तथा अनौपचारिक बस्तीसम्बन्धी रणनीतिसँग एकीकृत गर्दा समावेशी र जलवायु–उत्थानशील बस्तीहरू निर्माण गर्न सकिने उपायहरू प्रस्तुत गर्नेछ । यस्ता बस्तीहरू सबैका लागि पर्याप्त आवास सुनिश्चित गर्ने सिद्धान्तअनुरूप हुनेछन् ।


गाउँ र सहर

गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर सहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधा सम्पन्न संसार भन्ने धारणा हुन्छ । सहर एक ठुलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत हो । सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्र पनि हैन । यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक जगको स्थापना गर्नु पनि हो ।


अन्तर्राष्ट्रिय समुदायको हितलाई बढवा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरबिचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पुर्‍याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।


-सुयोग ढकाल


(यो सामग्री UN-Habitat को आधिकारिक वेबसाइट लगायत अन्य स्रोतबाट तयार/अद्यावधिक गरिएको हो ।)

हाम्रो पात्रोबाट थप

आजको राशिफल

के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

गिटारका अत्यावश्यक माइनर कर्डहरू! 🎶

के तपाईं अनुमान गर्न सक्नुहुन्छ?

शेयर बजार समाचार

कमेन्ट गर्नुहोस् 👇