मुख्य सामग्रीमा जानुहोस्

काग तिहार

काग तिहार

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

कागको बारेमा प्रसिद्ध संस्कृत श्लोक

काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक:।।

अर्थ: भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् ।


कागको बारेमा

काग अर्थात् सन्देश प्रवाही प्राणी । काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लैजाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको

जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।


आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । काग तिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका परिकार खान दिइन्छ ।

यमपञ्चक अर्थात् तिहारको कथा

हिन्दु धर्मावलम्बीहरूले वडा दसैँ लगत्तै मनाउने ठुलो र महत्त्वपूर्ण चाड हो तिहार अर्थात् यमपञ्चक । तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहारको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यस दिनमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ ।


सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास अद्भुत छ । काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस पर्व मनाइनुको बारेमा धेरै किबंदन्तीहरु पाइन्छन् जसमध्ये एकदमै प्रचलित कथा यम र उनकी बहिनीको प्रसगं यहाँ प्रस्तुत गर्न जाँदैछौँ ।

मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यममार्फत दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यम समक्ष सुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ । दाजुलाई भेटेपछि उनले यमलाई टीका, फूल मालाले पूजा गरी रङ्गिन टिका निधारमा लगाइदिएकी थिइन् । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाइदिएकी थिइन् । काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ । घर बाहिर विभिन्न खानेकुरा पात या दुना-टपरीमा कागका लागि भनेर राखिन्छ र वर्षभरि कागले घर-आँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ ।


घरघरमा झिलिमिली द्वारहरू बनाएर साँझमा दीप प्रज्वलन गरिन्छ । तराईमा विभिन्न प्रकारका पटाकाहरू पड्काउने चलनका साथै सन्ठी अर्थात् जुटको भित्रपट्टिको हलुका लट्टीहरूको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाइलोको यो माहौलमा सजग र सुरक्षित रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाउँघरमा उत्साहित मान्छेहरूले उल्लासपूर्वक तिहारमा देउसी या भैलो कहाँ कहाँ खेल्ने, को-को खेल्ने अनि के-के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्ट्याउने आदि तैयारी सुरु भइसक्यो होला । सबैलाई शुभकामना ! यो तिहार उल्लासपूर्ण होस् । हामी सबैको आगनीमा सदासर्वदा कागले हर्ष र उत्साहको सु-समाचारहरू ल्याईरहोस्, शुभकामना !

धनवन्तरी जयन्ती

धनवन्तरी जयन्ती

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

धनवन्तरी जयन्ती

वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धनवन्तरी जयन्ती मनाइँदै छ।


देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान् धनवन्तरीको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौँ । आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो ।

समुन्द्र मन्थन र भगवान् धन्वन्तरि

आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धनवन्तरी अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद "आयु र वेद"गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले 'आयुको ज्ञान' भनेर बुझिन्छ। आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन्।

हाम्रो पात्रोबाट थप

विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल

के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

गिटारका अत्यावश्यक माइनर कर्डहरू! 🎶