नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

पृष्ठभूमि
डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा औपचारिक रूपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरू गरिन्छ ।

रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्त्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई सङ्घर्ष गर्दै आएका छन् । विशेष गरी नेपालीहरूको गन्तव्य खाडी मुलुकहरू र मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरू कामकै लागि युरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिक रूपमा अनेकौँ समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरूको मात्रै होइन पुरै देशकै आयस्रोतमा बढोत्तरी भएको छ ।
तपाईंको विचारमा आप्रवासीहरूको सबैभन्दा ठूलो चुनौती के हो?
संयुक्त राष्ट्रसङ्घको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्त्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रूपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्त्वपूर्ण हिस्साको रूपमा अङ्गीकार गरिएको छ । नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरि आप्रवासी दिवस मनाइए पनि कामदारहरूले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाइ बनाइदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरूबाट गुज्रिँदै आएका छन् ।
वर्ष २०२४ को आप्रवासन दिवसको नारा
Honouring the Contributions of Migrants and Respecting their Rights.
अर्थात् आप्रवासीहरूको योगदानलाई सम्मान गर्दै र उनीहरूको अधिकारको सम्मान गर्ने भन्ने अर्थ लाग्दछ ।
विश्व समुदायले आप्रवासनका क्षेत्रमा अनि आप्रवासीका लागि धेरै कुराहरू गर्न बाँकी छ, पोस्ट कोभिड विश्वमा आप्रवासीहरूको समस्याहरू थप बढेर गएको छ । आगामी वर्षहरूमा आप्रवासन र आप्रवासीहरूको मुद्धाहरुमा सुनुवाइ र सुधार होस् भन्ने अपेक्षा सबैलाई छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




गोरखापत्र अनलाइन काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका विभागहरू नेताहरूलाई थन्क्याउने ठाउँ मात्र नभएका बताउनुभएको छ । नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीद्वारा...

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको एउटा सिसिटिभी फोटो बाहिरिएको छ । सार्वजनिक फोटोमा रवि सुतिरहेको देख्न सकिन्छ । उक्त फोटो बाहिरीएपछि रा...

मुम्बई। मुम्बईको तटमा बुधबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ। करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा संख्या बढेर २८८ पुगेको छ । बर्दियाको खैरापुर र शुक्...

भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त ...
झापा — चर्च ब्वाइज युनाइटेड बिर्तामोडस्थित डोमालाल रंगशालामा भइरहेको प्रथम झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजले रूपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स...
उदयपुर । त्रियुगा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बुधबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष, सदस्य तथा उदयपुर जिल्ला कार्य समितिका नव निर्वाचित पदाधिकारीहरु, सदस्यहरु, प्रदेश पार्षद र ...

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन्। ल...