मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो। सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र सङ्घको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको हो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भनेँ पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।
यस दिवसको महत्त्व
आजको दिनले मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्त्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ। आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ। युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यस बेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो, उनले यही योगदानको लागी हिरो अफ सोभियत युनियनू शीर्षकले सम्मानित गरिएको थियो। संयुक्त राष्ट्र सङ्घको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको सङ्कलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ। आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ ।यसै गरी अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मङ्गल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरू गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ ।

आकाश पन्चतत्व मध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्त्व हो । आकाश अनि अन्तरिक्षले मानवको मस्तिष्कमा धेरै कौतुहलता र प्रश्नहरू उत्पन्न गरेको छ । चन्द्र छुने इच्छा, आकाश टेक्ने अनि बादलहरू माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सूत्रहरू, मानवले सधैँ खोजिनै रहेको हुन्छ ।
अन्तरिक्षमा नेपाल
सन् १९८३ मा, नेपाल बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोग को लागि संयुक्त राष्ट्र समितिको सदस्य भएको हो । यस सङ्गठन बाह्य अन्तरिक्षको शान्तिपूर्ण अन्वेषण र प्रयोगमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न जिम्मेवार छ। सन् २०१२ मा, नेपालले आफ्नो पहिलो स्याटलाइट ग्राउन्ड स्टेसन काठमाडौँमा स्थापना गर्यो, रिमोटसेन्सिङ उपग्रहहरूबाट मौसम पूर्वानुमान, विपद् व्यवस्थापन र कृषि जस्ता विभिन्न अनुप्रयोगहरूको लागि डाटा प्राप्त गर्न यस स्टेसन स्थापना गरिएको थियो। सन् २०१९ मा नेपालको पहिलो भूउपग्रह नेपालीस्याट–१ जापानले अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान का नेपाली विद्यार्थीहरूले डिजाइन र निर्माण गरेको उक्त भूउपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएस बाट प्रक्षेपण गरिएको हो ।
सन् २०२३ को पेरिफेरिमा चाँही त्रिभुज आकारको नेपाली झन्डाका सूर्य र चन्द्रमा सहितको नेपाली विद्यार्थीले डिजाइन गरेको भूउपग्रहहरू छिट्टै कक्षमा जाने भएका बताइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा क्युब स्याटेलाइट परियोजनाअन्तर्गत अन्तरिक्षमा पठाइने यो दोस्रो सानो यान हो ।

एसइई परीक्षा २०८२ साल चैत्र १९ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।
तालिका अनुसार चैत २९ गते SEE २०८२ -अनिवार्य स्वास्थ , जनसंख्या तथा वातावरण शिक्षा अध्ययन विषयको परीक्षा हुनेछ ।





काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबास सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा म्यानचेस्टर सिटी...

सल्यानमा तीन दिने काफल मेला तथा वृहत मौलिक सांस्कृतिक उत्साव सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८३ को अवसर पारेर कपुरकोट बजारमा चैत ३० देखि वैशाख २ गतेसम्म कार्यक्रम राखिएको आयोजक सल्यान मिडिया हाउस...

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो नाममा चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री...

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइट मार्फत् प्रधानमन्त्री बालेन शाहसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। हेर्नुहोस् कुन मन्त्रीको सम्पत्ति कति छ? प्रध...

दमौली(तनहुँ) – यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ।

सुर्खेत । नेपाल श्रम शक्ति सर्वेक्षण गर्न उपल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिका–२ जाँदै गर्दा लेक लागेर ‘धो’मा बिरामी भएका कमल डाँगीसहित चार जनाको आइतबार उद्धार गरिएको छ । डोलेबुद्ध गाउँपालिकाको...

हुम्ला – जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्थामा क्रमश सुधार आई रहेको छ। बाह्य पक्षबाट गरिएको अस्पतालको अनुगमन तथा मुल्याङ्कनबाट यसको पुष्टि भएको हो।

लुम्बिनी । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–गैँडाकोट राजमार्गको आइतबार स्थलगत अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको निर्माणाधीन उक्त र...