मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

कामिका एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ब्रह्मा विवर्त पुराणका पानाहरू बाट
आज ब्रह्मा विवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त गर्दछ भनी एकादशी महापुराणमा लेखिएको छ ।
युधिष्ठिरले कृष्णसँग प्रश्न गर्दै भनेको प्रसङ्ग यहाँ छ । हे गोविन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रत मृत कथा भनिदिनुहुन आग्रह गर्दछु।
कृष्णको उत्तर यसप्रकार छ ।
ओहो राजा युधिष्ठिर, सत्य वक्ता अनि महान् साधु, अवश्य पनि म तपाईँलाई यस एकादशीको बारेमा सविस्तार सुनाउने छु, यसको व्रतका बारेमा जसले सम्पूर्ण पाप मोचन गरी मुक्ति पनि दिन्छ, आउनुहोस् म बताउँदछु ।थोरै अर्को एउटा प्रसङ्ग जोड् चाहन्छौँ, यसै एकादशीका बारेमा एकफेर नारद मुनीले सृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसङ्ग छ । हरेक एकादशीका आआफ्नै महत्त्व भए पनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्त्व अलिक पृथक् पनि छ ।
यस एकादशीमा व्रत लिनाको फल भने अश्व दान गरेझैँ हुने गर्दछ, अश्व अर्थात् घोडा जसको दान गरिने यज्ञ अश्वमेध यज्ञ सबैभन्दा महान् यज्ञका रूपमा मानिएको पाइन्छ । काशीको गङ्गामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुष्कर को जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्त्व वास्तवमै धेरै ठाउँमा वर्णन गरिएको पाइन्छ ।

के तपाईंलाई थाहा थियो, कामिका एकादशीमा व्रत लिनु गङ्गा, गोदावरी वा कुरुक्षेत्रमा स्नान गर्नु भन्दा बढी फलदायी मानिन्छ?
सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ । जीवनमा सबैभन्दा ठुलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौँ, आफूभित्रै आफैसँग लडाई गर्दछौँ अनि पाखण्डी स्वाभिमानको हाँसो हाँस्दछौँ । यस एकादशीले बडो चित्ताकर्षक रूपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्ति मार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ है । सम्पूर्ण वेद, गीता र पुराणहरुको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरी व्रत लिनेले पाउँदछ । भगवान् विष्णु अर्थात् जगतका पालन हार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान् हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मञ्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मञ्जरीको उत्तिकै महत्त्व रहन्छ ।
तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्युको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदीनाला या तलाउमा जान उति प्रेरित गरिएको पाइन्न, शायद बर्खाको मध्यमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्दछ ।
प्रातकालमा उठेर स्नान गरी तुलसाको मठमा भगवानलाई अर्चना गर्ने, अगरबत्ती, धूप आदि चढाउने अनि सूर्योदय पश्चात् व्रत कथा श्रवण गर्ने चलन रहेको छ । आजको एकादशीको साँझमा शुद्ध घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मञ्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरी अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ । एकादशीको महत्त्व यति धेरै भए पनि अन्य एकादशीको झैँ यस एकादशी व्रत कथा चाहिँ विशेष पाइन्न, अमुक गाउँका एक जना धनी व्यक्तिले झगडाको क्रममा झुक्किएर एक जना ब्राह्मणको हत्या हुन पुग्दछ । ब्रह्म हत्या अझ भनौँ मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरूले बताए अनुरूप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाउँदछन् ।
यस एकादशी एउटा अद्भुत एकादशी हो, स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना ।


अन्तर्राष्ट्रिय आदिवासी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडी बढाएको हो । यस दिवसकालागि संयुक्त राष्ट्र सङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुई वटा कान जस्तो आकृतिले पृथ्वीलाई दुई पटि बाट घेरेको देखिन्छ ।
आदि भनेको के हो?
'आदि' भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।
मानव सभ्यताको विकाससँगै बसाई-सराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रीतिहरूमा कमी आउन थालेको छ । विश्वको कूल जनसङ्ख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कूल गरिब जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेसा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हाबी हुँदै आएका छन् ।
संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्र
संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । विभिन्न अध्यनहरुले स्पष्टसँग आदिवासी र गैर आदिवासी समुदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा भएको ठुलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलो कालागि पुस्तौँदेखि एक ठाउँमा खनी-खोस्री, प्रकृतिसँग पौंठेजारी खेल्दै आएका आदिवासी समुदाय विश्व कोलागि प्राचीन सम्पत्ति हो र उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ ।
बहु-जाती बहु-धर्म र बहु-संस्कृति भएको हाम्रो देश नेपालका अधिकांश भू-भागमा आदिवासी समुदायहरू छन् र तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रीति अनि मौलिकतालाई जीवित राख्ने भरमग्दुर कोसिस गर्दै गरेको उदाहरण एउटा छ भने अर्को तर्फ त्यही मौलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरूलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको कुराहरू अत्यासलाग्दो छ ।तितो सत्य के हो भने आदिवासीहरूको बसोबासलाई बिगार्दै अनि उनीहरूलाई विस्थापित गर्दै बनाइएका सहर, बसाइएका सभ्यता र जोडिएका कारखाना भन्दा उनीहरूको आफ्नो ठाउँमा हुने मौलिक उपस्थिति नै संसार र समूदायकालागि फाइदा कारक हुनेछ ।


अन्तर्राष्ट्रिय भू संरक्षण दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउने गरिन्छ ।बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुरयाउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले विसं २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको संझना स्वरुप यस दिवसको सुरुवात भएको हो । विभागको स्थापना सँगै जिल्ला स्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । साल २०३१ पछि विभाग स्थापना भएको दिन श्रावण २४ गतेलाई “भूसंरक्षण दिवस” को रूपमा मनाउने गरिएको पाइन्छ ।
वर्तमान स्थिति
नेपालको भूभाग मध्य कृषि क्षेत्रले २७ प्रतिशत र वन तथा बुट्यान क्षेत्रले ४४ प्रतिशत भूभाग ओगटेको नेपालको राष्ट्रिय भू संरक्षण नीति २०७५ मा उल्लेख छ । हाल आएर भू उपयोगको ढाँचामा तीव्र परिवर्तन आइरहेको छ । अव्यवस्थित प्लटिङ र भौतिक संरचनाहरूको अनर्गल निर्माणले खेतीयोग्य जमिनमा कमी आइरहेको छ । पहिलेदेखि नै गरा बनाएर खेती गर्ने हाम्रा कमजोर भूभागहरू अहिले आएर बाटोघाटो बनाउनका लागि डोजर र टिप्परहरुको चलायमानताले झनै कमजोर भएका छन् । अर्कोतर्फ जल उत्पन्न प्रकोपहरू पनि बढ्दा छन् । एक जमानामा कृषिप्रधान देश अहिले आएर खाद्यान्न आयातमुखी अवस्थामा पुगिरहँदा देशमा भू उपयोगको ढाँचामा व्यापक परिवर्तन गरिनुपर्ने कुरा निश्चित छ ।
नेपालको उच्च संवेदनशीलता
वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको छ । संवेदनशील भू(धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावहरूबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या बेहोर्नु परेको छ ।हरित विकासको अवधारणा अनुरूप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनको प्रतिकूल असरसँग अनुकूलित हुने दायित्व सृजना गरी मुलुकको समष्टिगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण र भूमि संरक्षण गर्नुपर्ने देखिन्छ ।




काठमाडाैँ । लियोनल मेसीको कथा प्रायः उनको खुट्टाबाट सुरु हुन्छ । बलसँगको उनको सम्बन्धबाट, रोसारियोका गल्लीहरूबाट, नेवेल्स ओल्ड ब्वाइजको मैदानबाट वा बार्सिलोनाको ला मासियाबाट । तर एउटा महान् फुटबलरक...

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच करिब ५० मिनेट छलफल भएको हो। उनी...

गोरखा नगरपालिका–११, माथिल्लो बाह्रकिलोस्थित होटल जमघटमा गोरखा नगरपालिका–१०, छेवेटार बस्ने ३३ वर्षीय मनिष पन्त, पालुङटार नगरपालिका–१, खोप्लाङ बस्ने ३० वर्षीय उमेश श्रेष्ठ र ३२ वर्षीय कुशल पन्तबीच मा...

बीपीको जुत्तामा कसको खुट्टा ? पार्टीलाई आन्तरिक कलहबाट निकाल्दै त्यसको व्यवस्थापन र राष्ट्रिय राजनीतिमा बलियो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका गगन बीपीको जुत्तामा खुट्टा हालेकामा मुग्ध मात्रै ह...

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताएका छन्। उनले हमासले पूर्ण रू...

काठमाडौं । ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट एक जना पक्राउ परेका छन्। दुवाकोटको बारूदखाना चोकस्थित त्वयना किराना पसल सञ्चालक ५७ वर्...
काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा आउँदो शनिबार स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ । पोखराको सहारा फुटबल एकेडेमीको सहयोगार्थ सो इभेन्...

पिलुवा सबस्टेसनमा नयाँ १३२/३३ केभी, १०० एमभीए पावर ट्रान्सफर्मर जडान गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको छ। आइ...