मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

सोम प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
अर्थ
म भगवान शिवलाई प्रणाम गर्छु। हे महादेव, मलाई बुद्धि दिनुहोस् र भगवान रुद्र मेरो मनलाई उज्यालो पारिदिनुहोस् ।

प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।




काठमाडौं । सिरियाले सिरियाली युद्धका क्रममा पदच्युत राष्ट्रपति बशर अल–असदलाई सहयोग गर्न प्रयोग गरिएका देशभित्रका दुई रुसी सैन्य बेसहरूको भविष्यलाई लिएर मस्कोसँग सम्झौता भएको बताएको छ । सिरियाको ‘स...

कूटनीतिक सक्रियता बढाउँदै प्रधानमन्त्री, भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेट भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तोसमेत दिएका छन् । प्रधानमन्त्री शाहले दुवै देशक...

काठमाडौँ / एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। बैंक आयोजनाको मुख्य लगानीकर्ता तथा अगुवा बैंकका रूपमा...

गण्डकी । पोखरामा आइतबार ८० वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १५ वटा सवारीसाधनले मापदण्डभन्दा बढी धुँवा फाल्ने गरेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय...

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म १५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । विसं २०७४ देखि निर्माण सुरु गरिएको भए पनि सुरुका वर्षमा बजेट अभावका कारण ...

काठमाडौँ । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले करिब २ खर्ब रुपैयाँ थप लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा कम्पनीका प्रतिनिधिहरूले जलविद्युत्,...

काठमाडौँ। माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुंगिएको छ। आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपाव...

काठमाडौं । वैदेशिक रोजगारीका अवसर भन्दै विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा आउने सबै विज्ञापन आधिकारिक नहुन सक्छन् । यस्ता विज्ञापनका भरमा परेर ठगीमा पर्ने जोखिम उच्च हुने भएकाले वैदेशिक रोजगार ...