मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

गथांमुगः चःह्रे
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गथांमुगः चःह्रे
नेवा: शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गथांमुगः चःह्रे भएको हो । वर्ष भरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशीको महत्त्व निकै फरक, अनि व्यवहारिक छ । किन भने यस चतुर्दशी धर्मभन्दा अलिक पर छ र यस एकादशीबारे अनेक कथाहरू बुनिएको पाइन्छ ।
भूतको अस्तित्व र गथांमुगः चःह्रे
विश्वभरिका सबै समाजले भूतको अस्तित्वलाई आआफ्नो हिसाबले स्वीकारेकै छन् । भूतलाई नकारात्मक ऊर्जाका रूपमा दिइन्छ र यस्ता नकारात्मक ऊर्जाहरूलाई तन्त्र साधनाको माध्यमवाट वशमा ल्याउने समाजको हितमा उपयोग गर्न सकिने सन्देश गथांमुगः चःह्रे ले शदियौं देखि दिँदै आएको छ ।

गठेमङ्गलको कुन चलन तपाईंलाई सबैभन्दा रमाइलो लाग्छ?
काठमाडौँ उपत्यकामा अनेक कथा किस्साहरू भए जस मध्य धेरै किस्साहरू भूतसङ सम्बन्ध राख्ने पनि छन् । रोपाइँका बेला भूतहरूलाई प्रयोग गरेर खेतालामा लगाउने देखि ख्याकका डरलाग्दा किस्साहरू सम्म आज पनि काठमाडौँका गल्लीहरूमा सुन्ने गरिन्छ । औपचारिक रूपमा अक्षय तृतीयामा डाकिने यता भूतहरू रोपाइँ अवधिभर चलायमान हुन्थे भन्ने किस्सा छ । यसरी सोझै भूतहरू नै प्रकट भएर रोपाइँ गर्नेभन्दा पनि मानिसहरूमा भूत छिरेर असाधारण कार्य क्षमता उत्पन्न गराउने गर्द छ। अनि रोपाई पनि यस्ता भूतहरूलाई समाजमा नै राख्न सही नहुने भएकाले श्रावण कृष्ण चर्तुदशीमा भूतको प्रतिकृतिका रूपमा गथांमुगः चःह्रे बनाई बिदाइ गर्ने चलन छ ।
यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको मानिन्छ । यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । यो दिन बाटा–बाटामा राक्षस या प्रेत आत्माका लागि भनी पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ।
तन्त्र साधना र गथांमुगः चःह्रे चतुर्दशी
विशेषतः काठमाडौँमा प्राचीन कालबाटै तन्त्र मन्त्रमा पारङ्गत साधु र साधकहरू रहेका कुरा इन्द्रजात्रामा स्वर्गमा राजा इन्द्रलाई समेत बन्दी बनाएको किंवदन्ती छ । तन्त्र मन्त्र र भूतप्रेतबाट बच्न गथांमुगः चःह्रे लाई विशेष दिनका रूपमा लिइन्छ । गथांमुगः चःह्रे मा घण्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि धेरै जना त्रास र भयबाट मुक्त भएको सम्झना गरिन्छ । घण्टाकर्णलाई सनातन धर्ममा भने भगवान् शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ ।
घण्टाकर्ण को कथा
घण्टाकर्ण भन्नाले ठुलो ठुलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घण्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरूका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ । यसो गर्दा एक जना सम्पूर्ण रूपमा नीलो वस्त्र लगाएको पुरुषले घर–घरमा दान–दक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाइन्छ या आगोमा बालेर जलाइन्छ । यसरी सेलाउँदा उक्त नीलो वस्त्र धारी पुरुष प्रतिमाहरूमाथि बस्ने चलन छ । यस अर्थमा गथांमुगः चःह्रे नराम्रो शक्तिमाथि मानवताको जीतका रूपमा लिन सकिन्छ ।
आज के के गरिन्छ?
यस दिनमा मानिसहरूले गथांमुगः चःह्रे को औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्त्व र दुर्भाग्यबाट समेत गथांमुगः चःह्रे को औँठीले सुरक्षा दिने जनविश्वास छ । भूतलाई भगाउन मूल ढोकामा तीन वटा किल्ला ठोक्ने चलन गथांमुगः चःह्रे को एउटा सम्झन लायक अर्को चलन हो । पुराना ढोकाहरूमा त वर्षौँदेखिका गथांमुगः चःह्रे को किल्लाहरूले निकै दुलो पारिसकेका हुन्छन् । बच्चाहरूले भने बाँस र पात–पतिङ्गरले घण्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग दान लिने चलन पनि छ । यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाति भनी कराउने चलन पनि अचम्मको र रमाइलो छ ।
लाखे नाचको सुरुवात
गथांमुगः चःह्रे बाट लाखे नाच पनि सुरुवात हुन्छ । लाखे नाच एक महिनासम्म चल्छ । प्राचीन कालमा पानी या सर सफाइका कारणले सामान्य पेट दुख्ने या बान्ता हुने समस्या हुँदा पनि ज्ञान या सूचनाको अभावमा मानिसहरूले भूतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुन सक्छ कि हाम्रो संस्कारमा भगवान् र भूत दुवैले उत्तिकै आकर्षण पाएका छन् । आधुनिक चिकित्सा पद्धतिको विकाससँगै रोग व्याधिहरूलाई ओखती मूलले ठिक पार्ने क्रम त सुरु भयो, तर हाम्रो संस्कारभित्र घुसेका यी चलन परम्पराका रूपमा हामीसँगै आएको छ र आइरहोस् ।




काठमाडौं । रुसले भारतसँग रेलमार्ग जोड्ने विषयमा छलफल अघि बढाएको छ । रुसका तर्फबाट भारतलाई प्रत्यक्ष रेलमार्गमार्फत जोड्ने विषयमा छलफल तीव्र बनेको हो । हालै रुसका उपप्रधानमन्त्री मरात खुस्नुलिनले द...

काठमाडौँ । आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटलक यही साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ । कार्यक्रमअन्तर्गत बम्पर ...

रसुवा । जनै पूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउनेक्रममा ११ वटा उपसमिति गठन भई व्यवस्थापकीय काम सुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको अ...

आज दिउँसो सुरक्षा समितिको बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा डाकिएको बैठकमा मन्त्रालयका अधिकारी तथा तीन वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको...

गण्डकीमा समस्याका चाङ, सम्बोधनमा संघ सरकारको बेवास्ता गण्डकीमा प्रदेश विकास समस्या समाधान समितिको निर्णय कार्यान्वयन निराशाजनक । १४ वटा बैठकबाट भएका २ सय ९४ निर्णयमध्ये अधिकांश अलपत्र । श्रावण २६...

काठमाडौं। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै उत्पादन गरिएको ‘मेड–इन–नेपाल ह्युन्डाई भेन्यु’ र ‘भेन्यु एन लाइन’ सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत ...

हल मालिक नकिमको लगानीमा छोराको डेब्यू, चार करोडको बजेटमा बन्दैछ हरर फिल्म 'भिडियोटप' २३ घण्टा अघि काठमाडौं : हाइप जतिसुकै भए पनि अधिकांश नेपाली हरर फिल्मले बक्स अफिसमा पानीसमेत भन्न पाएका छैनन्। ...

काठमाडौं– मंगलबारको प्रतिनिधि सभामा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ पेश हुने कार्यसूची थियो । समय आउँदा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि विचार गरियो...