
विश्व सुलेखन दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व क्यालिग्राफी दिवस भन्दा सुन्दर ढङ्गले लेख्ने कलालाई प्रशंसा गर्नको लागि राम्रो क्षण र दिवस कुनै छैन । हरेक वर्ष अगस्टको दोस्रो बुधवार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ वाट यस दिवस मनाउन सुरु गरिएको हो ।
सुलेखन अर्थात् क्यालीग्राफी भनेको के हो ?
राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस या पेनले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिह्नहरू पनि बनाइन्छ ।

के तपाइलाई थाहा छ ?
हाम्रो पात्रोका संस्थापक शङ्कर उप्रेतीको कम्प्युटर भित्र नेपाली अक्षरहरू देख्ने हुटहुटीले गर्दा नै आज नेपालीहरूको सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रोको सुरुवात भएको थियो ।अहिले पनि युनिकोडमा रहेको नेपाली फन्टहरू जस्तै आनन्द, मङ्गल आदि फन्टहरू पहिले पेन्ट या ब्रसले डिजाइन गरिएर डिजिटल रूपमा तयार गरिन्छ ।
कला संसारमा क्यालीग्राफी को प्रभाव
जानीजानी वा नजानी, हामीले यस्ता धेरै पात्र र चिह्नहरूलाई साहस वा बुद्धिको प्रतीकका रूपमा आफ्नो लुगा वा भित्तामा टाँसेका वा कोरेका हुन्छौँ। कुनै अक्सर विशेषले लेखिएका शब्दहरूले हाम्रो सोच र समन्वयमा नै फरक प्रभाव पारिरहेको हुन सक्छन् ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिन सक्छ। इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ ।चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।
नेपालमा धेरै समूह र संस्थाहरूले सुलेखनलाई विशेष गरी देशका परम्परागत लिपिहरूको प्रवर्द्धन गर्दै आइरहेका छन् । यी संस्थाहरू मध्ये क्यालिजात्रा, क्यालिग्राफी नेपाल, नेपाल लिपि गुठीले उल्लेखनिय कामहरू गरिरहेको छ ।
क्यालिजात्रा
क्यालिजात्रा नेपालको सुलेखन संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न समर्पित एक गतिशील युवा समूह हो । रञ्जना लगायतका प्रचलित नेपाल लिपि, भुजनमोल, देवनागरी जस्ता परम्परागत लिपिहरूको पुनरुत्थानमा केन्द्रित छ । क्यालिजात्राले यी प्राचीन लेखन शैलीहरूलाई जीविन्त राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
क्यालिजात्रा फाउण्डेशनका संस्थापक, आनन्द के. महर्जन भन्नुहुन्छ, "नेपालमा धेरै सुन्दर र विशिष्ट कलात्मक लिपिहरू छन् । हाम्रो समुदायले क्यालिग्राफीको क्षेत्रमा ठूलो योगदान दिएको छ, र यस संस्कृतिलाई जोगाउन र प्रवर्द्धन गर्न अत्यन्त जरुरी छ । विशेष गरी रञ्जना लिपि अत्यन्तै सुन्दर छ। हामीले भारतको Ekype सँगको सहकार्यमा 'नित्य रञ्जना' नामक सुन्दर फन्ट विकास गरेका छौँ, जसले D&AD Yellow Pencil र TDC Excellence Award जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजाइन पुरस्कारहरू जितेको छ। यो नेपालका लागि गौरवको कुरा हो।"
क्यालिजात्राका उप-अध्यक्ष लुमु श्रेष्ठ भन्नुहुन्छ "हाम्रो ध्यान सधैं रञ्जना लिपिको प्रवर्द्धनमा केन्द्रित छ, र हामीले काठमाडौं उपत्यका र नेपालका ८०+ स्थानहरूमा सामुदायिक सत्रहरू सञ्चालन गरेका छौं।"विभिन्न कार्यशालाहरू, प्रदर्शनीहरू, र सामुदायिक सुशिक्षित कार्यहरू मार्फत कलाको रूपमा मात्र नभई नेपालको सांस्कृतिक सम्पदाको संरक्षणमा एक महत्त्वपूर्ण प्रयास गरिरहेका छन् । यी परम्परागत लिपिहरूसँग आधुनिक पुस्तालाई जानकारी प्रदान गरेर क्यालिजात्राले नेपाली सुलेखनको सुन्दरता र इतिहासलाई निरन्तर प्रेरणा दिइ फस्टाउने कुरा सुनिश्चित गर्दछ ।
क्यालिग्राफी नेपालः
नेपालमा सुलेखनलाई निरन्तर प्रवर्द्धन गर्ने अर्को समूह भनेको क्यालिग्राफी नेपाल हो । क्यालिग्राफी नेपालले नेपालमा सुलेखन कलाको संरक्षण गर्न समर्पित क्यालिग्राफर र कलाकारहरूको जीवन्त समूह हो ।
क्यालिग्राफी नेपालका संस्थापक रतन कर्ण भन्नुहुन्छ "कलिग्राफी भनेको अद्वितीय हस्तलेखन सिर्जना गर्नु मात्र होइन, यो आफैमा एउटा कला हो। र यहि कलालाई संरक्षण गर्नका लागि विभिन्न कार्यशालाहरू र रचनात्मक गतिविधिहरू मार्फत सक्रिय रूपमा समुदायहरूलाई परम्परागत नेपाली लिपिहरूको बारेमा जानकारी दिने कार्य क्यालिग्राफी नेपालले गर्दछ । जसले देशको सांस्कृतिक पहिचानको पक्षलाई संरक्षण गर्दछ ।"क्यालिग्राफी कलाकार सौरभ थापा श्रेष्ठ भन्नुहुन्छ "यस इभेन्टको उद्देश्य नेपालको सुलेखन परम्परालाई प्रवर्द्धन र लोकप्रिय बनाउनु हो, आधुनिक पुस्तालाई पुरातन लेखन शैलीसँग जोड्नु हो।


गुंलापर्व आरम्भ
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गुंला पर्व समीक्षा
बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुंला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ यो पर्व नेपाल संवत्को गुंलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछन्।
नेवा: समुदायले मनाउने गुंलापर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जानु अपरिहार्य झैँ हुन्छ । साथै मध्यपुर ठिमीमा पनि न्याकुबाजा नाम अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ। यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ। यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ, काठमाडौँ उपत्यका बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ।
गुंला बाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालीन राजा हर्षदेवको शासनकाल ने.सं २०४–२१८ बाट सुरु भएको अनुमान यहाँ एक महिनासम्म राजा हर्षदेवद्वारा रचना गरिएको दशवलास्तव स्रोत सांगितात्मक रूपमा चलाउँदै आएको कुराले पुष्टि हुन्छ।
भगवान् बुद्धसँग जोडिएको किस्सा
यस गुंला महिनामा गुंला पर्व नेवा: समुदायमा विशेष रूपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ । नेवा: समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ । विशेष गरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
बहीद्यः स्वःवनेगु नेवा:
आज काठमाडौँ उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला सङ्गीतको श्रवण गर्न सकिन्छ भने विभिन्न गुम्बा, मन्दिर अनि आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवा: सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि सङ्गीत अनि पछि पछि भक्तजनहरू हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन रहन्छ । काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई सहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्त्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरू यस दिनमा विशेष गरिन्छ, हुन त गुंला एक दिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आआफ्ना दिनचर्याका खाँका गज्जबले कोरौँ, सबैलाई शुभकामना ।








