काठमाडौंमा शनिबार इथिकल ह्याकरको सम्मेलन हुँदै
techpana.com · Thu Aug 13 16:59:31 GMT 2026

काठमाडौं । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यस क्षेत्रमा रुचि राख्नेहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा विशेष सम्मेलन आयोजना गर्ने भएको छ । ‘ओस्वाप काठमाडौं’ सँगको सहकार्यमा आगामी शनिबार राजधानीको विशालनगरस्थित हेराल्ड कलेजमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।
साइबर सुरक्षा समुदायका सदस्यहरूलाई एकै ठाउँमा भेला गराई ज्ञान आदानप्रदान गर्ने र आपसमा सहकार्यको अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेको पेनटेस्टर नेपालले जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)