
नागपञ्चमी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
श्रावण शुक्ल पक्षको पञ्चमी
श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।
१२ वटा नागहरूको नाम
जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन्, आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।
श्री नाग स्तोत्र
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारका: ॥१॥
मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल ॥२॥
अनन्तो वासुकि: पद्मो महापद्ममश्च तक्षक: ।
कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता: ॥३॥
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वर: ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥
॥ इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ॥
दैलोमा नागका प्रतिमा टाँस्ने चलन
यिनै नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ(आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाँबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरू ल्याउने र टाँस्ने पुरोहितहरूलाई जजमानले दक्ष अनुसारको दक्षिणा, नैवेद्य र भोजन पनि गराउने चलन छ ।
महाभारत र नाग पञ्चमीको प्रसङ्ग
नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्म जयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ सुरु गर्दछन् जसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे ।
उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भस्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्म जयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्थिकाले जन्ममयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात् आजैको दिन पुनर्जीवन पाएका हुन् ।
यस दिन नाग देवताको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।


थारु गुरिया पर्व
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गुरही अर्थात गुरिया पर्व थारु समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ । श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिको यस पर्वलाई महिनाको हिसाबले जेठो पर्व चाहिँ मानिँदैन किनभने थारु समुदायको नयाँ वर्ष माघे सङ्क्रान्ति बाट सुरु हुन्छ र यस हिसाबमा गुरिया पर्व जेठो या पहिलो पर्वका रूपमा पर्दैन । तर मानव जीवनको बिकासक्रमलाई आधार मानेर गुरिया पर्वलाई बाल पर्व का रूपमा मान्दै पहिलो पर्व भएको हुनसक्छ । भाइ बहिनीको माया प्रेमको प्रतिकका रूपमा यस पर्वमा थारु महिलाहरूले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भनेँ पुरुषहरूले त्यस गुरियालाई सोँठा, कोर्रा या लट्टीले चलाउँदछन र खेल्छन् । यसरी बालापनमा खेलिने भाँडाकुँडीको झल्को दिने यस पर्वले गुडियासंगै आफ्ना पीडा, रोग व्याध र कष्टहरू जाने विश्वासका साथै भातृत्वको एक मिठो दृष्टान्त उजागर गर्दछ ।
गुरिया भनेको के हो?
गुडिया बाट आएको गुरिया सामान्यतया खेल्ने पुतली भनेर पनि बुझ्न सकियो भनेँ गुरही भनेको चाहिँ तराई भेगमा पाइने, खोला या नदी किनार अनि बालीहरूमा देखिने पुतली जस्तो देखिने र उड्न सक्ने किरा हो । पश्चिमी नेपालका कैलाली, कञ्चनपुर, दाँङ्ग तिर यसलाई गुरिया भनिन्छ भनेँ कसै कसैले यसलाई झिंगौरा पनि भन्छन् । मध्यपहाडि भागमा भनेँ यसलाई गाइने किरा पनि भनिन्छ । हेलिकोप्टर जस्तो देखिने र विभिन्न रङ्गहरूमा पाइने भएकाले यस किरालाई हेलिकोप्टर किरा पनि भनिएको पाइयो ।
पश्चिमी थारु भाषामा गुरिया भन्नाले मोतीको माला भन्ने अर्थ पनि लाग्दछ पनि तर गुडिया बनाउने पर्व भएकाले यस पर्वको नाम गुडिया बाट नै गुरिया भएको विश्वास गरिएको पाइन्छ ।
यस पर्वको सबैलाई हार्दिक शुभकामना ।

संक्रान्ति भनेको के हो ?
वैशाख, ज्येष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् आज सङ्क्रान्ति । यस अर्थमा एक वर्षमा १२ वटा संक्रान्ति हुन्छ र आजको भाद्र संक्रान्तिलाई सिंह संक्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिंह संक्रान्ति भनिएको हो ।
सिंह संक्रान्ति
अब एकतमासको घाम अनि वर्षा पछिको शीतलता अनि थप आर्द्रता सहितको गर्मी सुरु हुने तरखरमा छ, अब घामको ताप र औसत शीतलताले दसैँको आगमनको सङ्केत दिनेछन् र विशेष निलो अनि सफा आकाश खुल्ने भएकोले गर्दा बर्षायामबाट आजित आखाँहरुले नयाँ अनि बद्लिँदो मौसमको फरक दृश्य र फरक दैनिकी महसुस गर्न पाउनेछ । हरेक बिहानका वातावरणले एक खाले चाड वाडको बेग्लै सुगन्ध छर्ने गर्छ । पारिला घामका रापहरू अनि घरी-घरि आकाश कालो-मैलो देखिनुकासाथै धुम्मिल्य आकाशकामुनी हरियालीयुक्त वातावरण अनि सफा चिप्लो बाटोयुक्त वातावरणको अनुभूति अबका केही महिनाका सुखद सङ्केत हुन् ।
भदौमा आँखा फुटेका गोरुले पनि हरियो नै देख्छु भन्ने उखानले भन्न खोजे झैँ यो महिनाले ओगटेको पर्याप्त पानी तथा हरियाली विशेषता हो । यस दिन भगवान् विष्णु र सूर्यनारायणको विशेष पूजा अर्चना गर्ने गरिन्छ र यस्ता पूजा अर्चनामा रङ्गिविरङ्गि पुष्प, फलफूल अनि नैवेद्यका रूपमा विभिन्न मिठाई आदि चढाइन्छ ।
लाखौँ नेपाली मनहरूलाई जाँदाजाँदै यो वर्षालाई बिदा गर्दागर्दै अर्को वर्षको बर्खामा यसबर्ष भएका खाल्टाखुल्टी नहुन्, धुलोले आँखा नपोलोस् अनि कहिँकतै ढल या खाल्डामा कोही परेर अप्रिय खबर सुन्न नपरोस्, घामपानीले साथ दिओस् ।
सूर्य चन्द्रले हामीलाई सदैव सहिमार्गमा निर्दिष्ट गरुन् अनि मेहनत र भाग्यको अनुपम मिश्रण हाम्रो जीवनमा सधैँ कायम होस्, शुभ दिन ।
तपाईंको विचारमा फ्रान्स र इंग्ल्यान्ड विरुद्धको खेल कसले जित्छ ?






