अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
‘विद्यार्थी परिवर्तनका संवाहक हुन् ।’
विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।
विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् ।
यथा हि चक्रं परिवर्तते सततं,
तथा विद्या च परिवर्तते निरन्तरम्।
विद्यार्थिनां चेतसि सदा परिवर्तना,
नवीनं ज्ञानं सततं हि दीप्यते॥
जसरी पाङ्ग्रा निरन्तर घुमिरहन्छ, त्यसरी नै ज्ञानको पनि निरन्तर विकास भइरहेको छ। विद्यार्थीहरूको दिमागमा, त्यहाँ सधैं परिवर्तन हुनुपर्छ, किनकि नयाँ ज्ञान निरन्तर उज्यालो हुन्छ।"
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो?
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।

सन् १९३९ को कुरा हो । नाजीहरुले चेक रिपब्लिकका विश्वविद्यालयहरुमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरुले केही विद्यार्थीहरुको हत्या मात्र गरेनन्, विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरुमा पनि पठाएका थिए । इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरुलाई कन्सेन्ट्रेसन क्याम्पहरुमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरु र कलेजहरु पनि बन्द गरिएका थिए ।
त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
वृश्चिक संक्रान्ति


वृश्चिक संक्रान्ति
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ ।
छोटा दिनहरू र लामा राताहरू
अब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ ।
बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् ।
चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी । चिसो लाग्न सक्ने भएकाले अब हामीले आफ्नो स्वास्थ्यको पनि विशेष चासो दिनुपर्छ, टोपी, पन्जा, मोजा तथा न्याना कपडाहरू हामीले अब दराजमा थन्काएका थियौँ भने निकाल्नुपर्छ । सिरक र ब्ल्याङ्केटको जोहो पनि त हामीले गरिसकेका छौँ होला । त्यसलाई पनि अब प्रयोग गर्न निकाल्नुपर्छ, जाडो रातलाई न्यानो बनाउनुपर्छ ।
मङ्सिरको महिना सुरु भएसँगै हाम्रो घर आँगनमा केही उत्सवहरू पनि आउँछन् । धेरै पहिलेदेखि यही मङ्सिरको महिनामा हुने विवाहलाई लक्षित गरेर नेपालमा अनेक गीत पनि बनेका छन्, गाइएका छन् । विवाह र व्रतबन्धजस्ता सनातनी संस्कारका लागि सबैभन्दा उपयुक्त महिना मङ्सिर मानिन्छ । त्यसैले त मंसिरमा विवाहका साइतहरू हुन्छन् । अनि विवाहका लागि चाहिने गरगहना, कपडाहरू किन्नेको भीड पनि बजारमा देख्न सकिन्छ । विवाह र व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि सबैभन्दा उत्तम महिनाका रूपमा पनि मङ्सिर लाही लिइन्छ । वैदिक सनातन हिन्दुहरूका लागि त्यसैले पनि शुभ साइतको राजाका रूपमा लिइन्छ मङ्सिर ।
एकातिर यस्ता साइतहरू हुने भएकाले मङ्सिर लाही शुभ साइतको महिना भनिन्छ भने आजकै दिनदेखि सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ । त्यसैले मङ्सिर संक्रान्तिलाई वृश्चिक सङ्क्रान्ति पनि भनिन्छ । हाम्रो पात्रोअनुसार यो मङ्सिर सङ्क्रान्ति आठौँ सङ्क्रान्ति हो ।
मङ्सिर को यो संक्रान्तिलाई कृषि कार्यका लागि पनि विशेष मानिन्छ । किनकि साउने संक्रान्तिदेखि रोपिएको मिहिनेतको फल अर्थात् रोपाइँपछिको फल अब घरघरमा भित्र्याउने बेला भएको छ । खेतमा लहलह झुलेका धानका बाला हेर्दा यसै पनि मनमोहक देखिन्छ । सुनजस्तै फलेको धानलाई काटेर नीनमा सुकाएपछि अब बिस्तारै कुन्यू पनि लगाइन्छ । नेपालमा कतिपय ठाउँमा त धान काटेर पनि सकियो होला, कतिपय ठाउँमा यस वर्षको नयाँ धानको चामलमा दही मिसाएर न्वागी पनि आजकै दिन खाइन्छ ।
नयाँ धानको चामल, नयाँ धानको चिउरा
नयाँ धानको चामल, नयाँ धानको चिउरा कुट्ने प्रचलन पनि नेपाली समाजमा रहेको छ । आजको दिन नयाँ धान भित्र्याउने ठाउँमा वा भूमि पाथी पूजा गर्ने दिन पनि हो ।
भौमाष्टमी व्रत


भौमाष्टमी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
शुद्धे तिथौ च शुभे दिव्ये, अष्टम्यां व्रतमाचरेत्।
देवीं दुर्गां समाराध्य, पापं नश्यति तत्क्षणम्॥
पवित्र र शुभ अष्टमीको पावन अवसरमा व्रत पालन गर्नुपर्छ।
देवी दुर्गाको पूजा गरेर सबै पापहरू तत्काल नाश हुन्छन्।
मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ । यो दिन बिशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ ।अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।सनातन धर्मका अनुयायीहरुले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् ।
भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।
अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरुको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
गोरखकाली पूजा


गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबाको महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ। गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
गोपाष्टमी


गोपाष्टमी
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
गौमाताको सुरक्षासँग सम्बन्ध राख्ने अष्टमी
कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका नामले पनि चिनिन्छ । गौमाताको सुरक्षासँग सम्बन्ध राख्ने भएकाले यो तिथीलाई गोपाष्टमी पनि भनिएको हो ।
गौमाता वा गाईको माया र ख्याल, रक्षा र सुरक्षासँग जोडिएकाले ग्वाला, गोपाल अनि गोविन्दजस्ता नामहरु बनेको विश्वास गरिन्छ । भगवान श्रीकृष्णको अति प्रिय नाममध्ये एउटा हो, गोविन्द । यही नामहरुको परिप्रेक्ष्यसँग गोपाष्टमीको सन्दर्भ जोडिएको हुन्छ ।
धार्मिक विश्वासअनुसार कार्तिक शुक्ल सप्तमी तिथीमा गौमाता, ग्वाला र गोपिनीहरुको रक्षार्थ भगवान श्रीकृष्णले गोवर्धन पर्वतको धारणा गर्नुभएको र एउटा औंलाले गोवर्धन पर्वत उठाएर सबैलाई श्रीकृष्णले उक्त पर्वतमुनि शरण दिनुभएको थियो ।
त्यसको भोलिपल्ट अर्थात् आजको अष्टमीको दिनमा स्वर्गबाट इन्द्र भगवान स्वयं श्रीकृष्णलाई भेट्न झर्नुभएको विश्वास गरिन्छ । त्यति बेला भगवान इन्द्रले कामधेनुले श्रीकृष्णको अभिषेक गरेको प्रसंग धार्मिक ग्रन्थहरुमा छ । श्रीकृष्णले गाईहरुको रक्षाका लागि पर्वत नै उठाएकाले पनि उक्त दिनबाट श्रीकृष्ण भगवानको नाम गोविन्द रहन गएको विश्वास पनि गरिन्छ ।
द्वापरयुगको त्यस दिनबाट नै गोपाष्टमी मनाउन थालिएको हो । आज पनि भगवान श्रीकृष्णका अनुयायीहरुले यसलाई विशेष पर्वका रुपमा मनाइरहेका हुन्छन् ।
आजको दिन गौमाताहरुको अभिनन्दन गर्ने र गौमाताको सेवा गर्ने चलन रहेको छ । आजको दिन गौशाला र गौमाताहरुलाई दिएको दानले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ ।
गोपाष्टमी तिथीको सबैलाई शुभकामना ।
हाम्रो पात्रोबाट थप
सिक्नुहोस्, अभ्यास गर्नुहोस्, र गल्तीबाट सिक्दै अघि बढ्नुहोस्!

मनको बोझ बिस्तारै बिसाउन सिक्नुहोस्। 🌿✨

के तपाईं समाधान गर्न सक्नुहुन्छ?

कमेन्ट गर्नुहोस् 👇

विश्व शहरीकरण दिवस







