हिल्साबाट पहिलो पटक चिराइतो निर्यात
gorkhapatraonline.com · Sat Sep 12 01:16:17 GMT 2026

नेपाल र चीनको सीमाक्षेत्र हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जडीबुटी चिराइतो निर्यात भएको छ । व्यापारीले काठमाडौँको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिल्सा नाकाबाट सो जडीबुटी निकासी गरिएको हो ।
पहिलो पटक औपचारिक रूपमा नेपालको मध्यपहाडमा उत्पादन हुने जडीबुटी चिराइतो हिल्सा नाकाबाट चीनतर्फ निकासी भएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । हिल्सामा क्वारेन्टाइन स्थापना नभएकाले काठमाडौँबाटै व्यापारीले पत्र ल्याएपछि हिल्साबाट चीनको ताक्लाकोटतर्फ सो चिराइतो निकासी भएको उहाँले जनाउनुभयो । सुर्खेत हुँदै सिमकोटबाट हिल्सा नाकामा नेपाली ट्रकमा ढुवानी भएको सो चिराइतो हिल्साको सिमानाबाट चिनियाँ ट्रकमा लोड गरेर पठाइएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)