ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान
gorkhapatraonline.com · Sat Sep 12 06:17:02 GMT 2026

चिनियाँ राष्ट्रपति सि जिनपिङ अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सि सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गर्नुभएको हो ।
सिको प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काई छी र राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी छन् । अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्टबिच आर्थिक सहकार्य, विश्वव्यापी शासन, विकास तथा अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल हुने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा
Read full story at source (gorkhapatraonline.com)