वार्षिकोत्सवमा नेपाल बैंकको रक्तदान कार्यक्रम
karobardaily.com · Wed Nov 16 13:16:50 GMT 2022
नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले उद्घाटन गरेकी थिइन् ।
उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका थिए । नेपाल बैंक ३० कात्तिकमा ८६औं वर्षमा प्रवेश गर्दै छ । सोही अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
Read full story at source (karobardaily.com)