ब्रिक्स समूह कसैको विरुद्धमा छैन : नरेन्द्र मोदी
onlinekhabar.com · Sat Sep 12 12:15:18 GMT 2026

२७ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूह कसैको विरुद्धमा नभएको बताएका छन् । नयाँ दिल्लीमा शनिबार सुरु भएको ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो २० वर्षमा ब्रिक्सले विश्व मञ्चमा महत्वपूर्ण स्थान बनाएको प्रधानमन्त्री मोदीको भनाइ थियो । ‘हामी एक-अर्काको दृष्टिकोणको सम्मान गर्छौं र सहमतिका साथ अघि बढ्छौं,’ उनले भने, ‘अब हाम्रो एकता र सहमतिलाई विश्व मञ्चमा ठोस परिणाममा बदल्ने समय आएको छ ।’
Read full story at source (onlinekhabar.com)