फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास
gorkhapatraonline.com · Fri May 29 06:41:27 GMT 2026

फिलिपिन्सका अधिकारीले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिइएको फिलिपिन्स स्थित चिनियाँ दूतावासले जनाएको छ । अन्य छ जनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहा गर्ने उल्लेख गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ ।
दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तको “स्टिल प्लान्ट” मा काम गरिरहेका चिनियाँ नागरिकलाई मे-१५ मा फिलिपिन्सका कानून अधिकारीले हिरासतमा लिएका थिए । फिलिपिन्सको न्यायलयले चिनियाँ नागरिकले फिलिपिन्सको आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिता उल्लङ्घन गरेको प्रमाणीत हुने अपर्याप्त प्रमाण नभएको उल्लेख गर्दै उनीहरूलाई रिहा गर्न आदेश दिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)